Murchunga TV

हेटौँडा उपमहानगरबाटै प्यान र भ्याट सेवा सुरु

Hetauda PAN VAT Sewa

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले करदाताहरूलाई लक्षित गर्दै पालिका तहबाटै महत्त्वपूर्ण कर सेवाहरू (Hetauda PAN VAT Sewa) प्रदान गर्न सुरु गरेको छ। सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले अब नगरपालिकाको कार्यालयबाटै प्यान (PAN) र भ्याट (VAT) सँग सम्बन्धित प्रशासनिक कार्यहरू गरिने भएको छ।

यस व्यवस्थाअन्तर्गत उपमहानगरपालिकाले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) दर्ता र रूपान्तरण, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्तःशुल्क दर्ता र नवीकरणको सुविधा उपलब्ध गराएको छ। साथै, करदाताको प्रोफाइल अद्यावधिक गर्ने, कर चुक्ता प्रमाणपत्र जारी गर्ने, दर्ता खारेजी, कार्यालय स्थानान्तरण र शाखा थप लगायतका प्राविधिक सेवाहरू पनि अब सोही कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
Hetauda PAN VAT Sewa
यसका साथै नगरपालिकाले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमहरू पनि नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ। स्थानीय स्तरमै यस्ता सेवाहरू उपलब्ध भएपछि व्यवसायी, उद्योगी र सर्वसाधारण करदाताहरूलाई लामो समयदेखि झेल्दै आएको प्रशासनिक झन्झटबाट मुक्ति मिल्नेछ।

नागरिकको घरदैलोमै सरकारी सेवा पुर्‍याउने र सङ्घीयताको मर्मलाई व्यवहारमा उतार्ने लक्ष्यका साथ सुरु गरिएको यो कदमले स्थानीय कर प्रणालीलाई थप व्यवस्थित र चुस्त बनाउने अपेक्षा गरिएको छ। अब सेवाग्राहीहरूले करसम्बन्धी सामान्य कामका लागि कर कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
यो पनि हेर्नुहोस्– हेटौँडामा विकास आयोजनाको अनुगमन
#HetaudaPANVATSewa Hetauda PAN VAT Sewa

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.