
हेटौंडा–१४ मा सामाजिक बेथितीविरुद्ध सचेतना मुलक सडक नाटक प्रदर्शन
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा समाजमा व्याप्त सामाजिक बेथितीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सञ्चालन भइरहेको सडक नाटक कार्यक्रम अन्तर्गत हेटौंडा–१४ स्थित जनज्योती माध्यमिक विद्यालय परिसरमा प्रभावशाली नाटक प्रस्तुत गरिएको छ। सडक नाटकको अवलोकन नगर प्रमुख मीनाकुमारी लामा, उप–प्रमुख राजेश बानियाँ, वडा नं. १४ का अध्यक्ष दीपक खड्का, तथा सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले संयुक्त रूपमा गरेका थिए। राष्ट्रिय कलाकारहरूको टोलीले प्रस्तुत गरेको उक्त नाटकमा वैदेशिक रोजगारीका कारण पारिवारिक विखण्डन र समाजमा देखिने नकारात्मक प्रभाव, लागुऔषध दुव्र्यसनले युवामा ल्याउने अवनति, तथा इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न समस्याहरूलाई सशक्त रुपमा प्रस्तुत गरिएको थियो। नगर प्रमुख लामाले समाज रूपान्तरणका लागि यस्ता सचेतना…