Murchunga TV

हेटौँडामा विकास आयोजनाको अनुगमन

Hetauda Anugaman

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले नगरभित्र भइरहेका भौतिक पूर्वाधार तथा निर्माण कार्यको प्रगति र गुणस्तरबारे जानकारी लिनुभएको हो।
Hetauda Anugaman

प्रमुख घलानले महिलामैत्री पार्क, प्रगति माध्यमिक विद्यालयको निर्माणाधीन भवन, तामाङ संग्रहालय र टोनी हेगन पार्कको स्थलगत अवलोकन गर्नुभएको थियो। सो क्रममा उहाँले निर्माण कार्यको गति र त्यसको प्राविधिक गुणस्तरका विषयमा चासो राख्नुभएको थियो।

Hetauda Anugaman
हेटौँडा उपमहानगरपालिकाले नगरभित्र सञ्चालित विकास निर्माणका कामहरूलाई तोकिएको समयभित्रै सम्पन्न गर्न र गुणस्तरीय निर्माण सामग्रीको प्रयोग सुनिश्चित गर्न विशेष प्राथमिकता दिँदै आएको छ। विकास आयोजनाहरूको अनुगमनले कार्य सम्पादनमा थप पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने विश्वास लिइएको छ।
यो पनि हेर्नुहोस्– हेटौँडामा आयोजित ‘ड्रागन फ्रुट महोत्सव–२०८३’ भव्यताका साथ सम्पन्न

#HetaudaAnugaman Hetauda Anugaman

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.