‘मिस तामाङ पोखरा २०२५’ का उत्कृष्ट ११ प्रतियोगीहरु (भिडियो)

‘मिस तामाङ पोखरा २०२५’ का उत्कृष्ट ११ प्रतियोगीहरु (भिडियो)

मकवानपुर, २ माघ । मिस तामाङ पोखरा २०२५ को फाईनल आउँदो माघ १२ गते शनिबार हुँदैछ । बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष गरिँदै आएको मिस तामाङ पोखराको यो नवौँ संस्करण हो । प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा हुने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले जानकारी दिइन् । कार्यक्रममा साँस्कृति झाँकी प्रदर्शनीका साथै मिस तामाङ पोखरा २०२५ का प्रतियोगीहरुबिच प्रतिस्पर्धा हुनेछ । साथै शोमा चर्चित व्यक्तित्वहरु पनि सहभागी हुनेछन् । मिस तामाङ पोखरा २०२५ मा यस वर्ष ११ जना तामाङ सुन्दरीहरुले सहभागिता जनाएका छन् । विभिन्न विधाको प्रशिक्षणमा सहभागी भएका प्रतियोगीहरु फाईनल भिडन्तको लागि तयार भएका छन् । यस भिडियो…
Read More
मिस तामाङ २०२५ को अडिसन सम्पन्न (भिडियो सहित)

मिस तामाङ २०२५ को अडिसन सम्पन्न (भिडियो सहित)

मकवानपुर, २ माघ । मिस तामाङ २०२५ को अडिसन सम्पन्न भएको छ । गत शनिबार आयोजक संस्था मम्स इन्टरनेशनल नेपालको बागबजारस्थित कार्यालयमा अडिसन सम्पन्न भएको हो । अडिसनमा मिस तामाङ २०२५ का लागि आवेदन दिएका तामाङ सुन्दरीहरुले अन्तरवार्ता दिएका थिए । अडिसनमा मम्स इन्टरनेशनलकी निर्देशक रञ्जीता लामा, पूर्व मिस तामाङ सफलता थिङ तामाङ, अतित लामा, र ऋतु तामाङसहितको टोलीले सहभागीहरुको अडिसन लिएका थिए । यो मिस तामाङको सत्रौँ सँस्करण हो । गत वर्ष चर्चित कलाकार समेत रहेकी बालाजुकी रिया लामाले मिस तामाङको ताज पहिरिएकी थिईन् । त्यस्तै शोकी फर्स्ट रनर अप काभ्रेकी स्मृति योञ्जन तामाङ, सेकेण्ड रनर अप अमृता लामा…
Read More
तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ पुस २० गते हेटौँडामा प्रदर्शन हुने (ट्रेलरसहित)

तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ पुस २० गते हेटौँडामा प्रदर्शन हुने (ट्रेलरसहित)

मकवानपुर । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही पुस २० गते हेटौँडास्थित ओम्याक्स सिनेमा हलमा प्रदर्शन हुने भएको छ । चलचित्र बिहान ११ बजे प्रसारण गरिने चलचित्रमा नायकका रुपमा डेब्यु गरेका मकवानपुरे कलाकार हेमकुमार तितुङले जानकारी दिएका छन् । हेटौँडामा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिनुका साथै चलचित्र प्रदर्शन मिती तय भएको जानकारी दिइएको थियो। औपचारिक कार्यक्रममा सार्वजनिक गरिएसँगै चलचित्रको ट्रेलर युट्युबमा समेत सार्वजनिक भइसकेको छ । ट्रेलर एचएमएम मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा प्रेम, विछोड र वियोगका साथै पात्रहरुबिचको द्वन्दलाई पनि स्थान दिइएको छ । यसअघि चलचित्र ‘दार्बुङ’ ले सफलता पाएपछि नायक…
Read More
तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाईटल गीत सार्वजनिक हुने

तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाईटल गीत सार्वजनिक हुने

मकवानपुर । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाइटल गित सार्वजनिक गरिने भएको छ। गित आगामी शुक्रबार दिउँसो ३ बजे ‘एचएमएम मिडिया’ युट्युब च्यानलबाट सार्वजनिक गरिने भएको हो। अर्पण थिङले स्वर/संगीत भरेको उक्त गितको भिडियो हुत्त सन्जय लामाको निर्माण तथा निर्देशनमा छायांकन भएको हो । पृथक ढंगको सन्देश मुलक तथा प्रेम कथामा आधारित बनेको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ केहि दिनमै प्रदर्सन हुने तयारीमा रहेको बताइएको छ। यस्तै, पहिलो शो हेटौडाबाटै हुने गरि प्रदर्शनको तयारी रहेको चलचित्रका नायक हेम कुमार तितुङले जानकारी दिए। नायक तितुङका अनुसार चलचित्रमा हुत्त सन्जय लामा, तारा लामा सुनिता लुङ्बा, हेम कुमार लामा (तितुङ),…
Read More
‘ग्याल्बो राजा’ हेटौँडामा कात्तिक १४ गते प्रदर्शन हुने

‘ग्याल्बो राजा’ हेटौँडामा कात्तिक १४ गते प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा यही कात्तिक १४ गते प्रदर्शन हुने भएको छ । चलचित्रको यसअघि नै ३ दिन हेटौँडामा नै विशेष प्रदर्शन समेत गरिएको थियो । चलचित्रका निर्देशक तथा नायक बिनायक तामाङका अनुसार दर्शकहरुको उच्च मागका कारण चलचित्रलाई पून प्रदर्शन गर्न लागिएको हो । चलचित्रकी नायिका तथा निर्मात्री संगिता तितुङले पनि दर्शकहरुको मायाले गर्दा चलचित्रलाई फेरि प्रदर्शन गर्न हौसला मिलेको बताईन् । चलचित्रका कार्यकारी निर्माता तथा कलाकार किताब सिं घलान (किरण) ले विशेष शोमा कलाकारहरुको पनि उपस्थिति रहने बताए । अङ्ग्रेजीमा ‘किङ इज किङ’ नाम राखिएको यो…
Read More
तामाङ चलचित्र ‘ग्याल्बो राजा’ को विशेष शो हुँदै

तामाङ चलचित्र ‘ग्याल्बो राजा’ को विशेष शो हुँदै

मकवानपुर ४ बैशाख । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘ग्याल्बो राजा’ को विशेष प्रदर्शन हुने भएको छ । चलचित्र यही बैशाख १५ गते शनिबारका दिन काठमाडौंको जमलमा रहेको राष्ट्रिय नाचघरमा प्रदर्शन हुन लागेको हो । चलचित्रको निर्देशन बिनायक तामाङले गरेका हुन् । प्रेम भाव, तामाङ कला संस्कृति र ऐतिहासिक कथा बोकेको चलचित्रमा नायिका संगीता तितुङको कथा रहेको छ । सन्चु लामा थोकरको छायांकन रहेको चलचित्रमा रेशम कुमार स्याउली तामाङको कला निर्देशन, राजु किराँतको द्वन्द निर्देशन र उत्तम शिशिर श्रेष्ठको नृत्य निर्देशन रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा किताबसिंह घलान रहेका छन् । चलचित्रमा अर्जुन गुरुङ (भंगेरी…
Read More
चलचित्र ‘ग्याल्बो राजा’ को दुई गीत तामाङ र नेपाली भाषामा सार्वजनिक

चलचित्र ‘ग्याल्बो राजा’ को दुई गीत तामाङ र नेपाली भाषामा सार्वजनिक

चन्द्र घलान, मकवानपुर, १६ माघ । तामाङ र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ को दुई गीतहरु तामाङ र नेपाली भाषामा सार्वजनिक भएको छ । चलचित्रका गीतहरु कालिदेवी मिडिया हाउसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । ग्याल्बो राजाको ‘डम्फु’ बोलको गीत तामाङ र नेपाली भाषा दुबैमा ‘डम्फु’ शिर्षकमै सार्वजनिक गरिएको छ । त्यस्तै तामाङ भाषामा भएको ‘ङादा माया लाऊ’ बोलको दोस्रो गीत नेपाली भाषामा ‘मेरो दिलको हर कुनामा’ शिर्षकमा सार्वजनिक गरिएको छ । तामाङ र नेपाली भाषामा सार्वजनिक भएको ‘डम्फु’ बोलको गीतमा चर्चित गायक विश्व दोङको आवाज, संगीत र एरेञ्ज रहेको छ । गीतमा कुमार स्याङ्बाको शब्द समावेश गरिएको…
Read More
‘ग्याल्बो राजा’ को सुटिङ नेवारपानीमा हुँदै

‘ग्याल्बो राजा’ को सुटिङ नेवारपानीमा हुँदै

मकवानपुर, २२ असोज । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण भइरहेको नेपाली कथानक चलचित्र ‘ग्याल्बो राजा’ को छायाँकन मकवानपुरको नेवारपानीमा भइरहेको छ । विनायक तामाङको कथा तथा निर्देशन रहेको चलचित्रको अहिले धमाधम छायाँकन भइरहेको चलचित्रका लेखक तथा मुख्य सहायक निर्देशक बाबुराम सुवेदी ‘तिरे’ ले जानकारी दिए । मकवानपुरसहित नेपालका विभिन्न पर्यटकिय र रमणिय स्थलहरुमा चलचित्रको छायाँकन हुने सुवेदीले बताएका छन् । नेवारपानीमा धमाधम छायाँकन भइरहेको चलचित्रमा चर्चित कलाकारहरुसँगै नयाँ कलाकारहरुले समेत अभिनय गरेका छन् । चलचित्रमा अर्जुन गुरुङ (भंगेरी डन), सँगिता तितुङ, विनायक तामाङ, मायादेवी मोक्तान, रमेश स्याङ्तान, सञ्चबिर तामाङ, राजु नेगी, संजय लामा, सविन तामाङ, सागर तामाङ, किताबसिंह तामाङ, नोर्बो…
Read More
तामाङ दोहोरी ‘पोङ्दी नाम्साला साँईली’ सार्वजनिक

तामाङ दोहोरी ‘पोङ्दी नाम्साला साँईली’ सार्वजनिक

मकवानपुर, ११ भदौ । चर्चित नायक सागर घिसिङ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘पोङ्दी नाम्साला साँईली’ बोलको तामाङ दोहोरीमा सागर फरक अवतारमा देखिएका छन् । विशेष गरी रोमान्टिक म्युजिक भिडियो र चलचित्रमा देखिँदै आएका सागर यसपटक नृत्य गर्दै भिडियोमा देखिएका छन् । उनीसँगै कलाकारहरु लाक्पा लामा र रेजिना योञ्जनले भिडियोमा उत्कृष्ट अभिनय गरेका छन् । चर्चित गायक अविषेक तामाङ र गायिका सुमिना लोको आवाजसमा सजिएको यो गीतमा ङीमा दोङ र पवन लामाको शब्द रहेको छ । पवन लामाको सँगीतमा तयार भएको गीतमा जोगलाल लामाको एरेञ्ज रहेको छ । फणिन्द्र राईको एरेञ्ज मोडिफिकेसनमा तयार भएको गीतलाई दिपेश प्रधानले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.