हेटौँडामा डढेलोको प्रभावः धुवाँका कारण आँखा पिरो हुने र खोकी लाग्ने समस्या बढ्यो

हेटौँडामा डढेलोको प्रभावः धुवाँका कारण आँखा पिरो हुने र खोकी लाग्ने समस्या बढ्यो

हेटौँडा, २१ चैत । हेटौँडाका विभिन्न क्षेत्रमा लागेको डढेलोका कारण अहिले सम्पूर्ण वातावरण धुवाँमय बनेको छ। भैरवडाँडा, मनकामना डाँडा तथा अन्य विभिन्न स्थानहरूमा फैलिएको डढेलोले वायु प्रदूषण बढाएको छ, जसले गर्दा स्थानीय बासिन्दा र सवारी साधन चालकहरू स्वास्थ्य समस्यामा परेका छन्। धुवाँको असरले गर्दा विशेषगरी बाहिर निस्कँदा मानिसहरूलाई आँखा पिरो हुने, खोकी लाग्ने तथा स्वासप्रश्वासमा समस्या देखिन थालेको छ। मोटरसाइकल, अटो तथा मयुरी चालकहरू अझ बढी प्रभावित भएका छन् किनभने उनीहरू दिनभरि खुला वातावरणमा यात्रा गर्नुपर्ने हुन्छ। स्थानीयवासीहरूले डढेलो नियन्त्रणका लागि तत्काल उपाय खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। साथै, स्वास्थ्यकर्मीहरूले धुवाँबाट जोगिन मास्कको प्रयोग गर्न, सकेसम्म घरभित्रै बस्न तथा…
Read More
हेटौंडा महिला मैत्री शहर निर्माणका लागि छनोट

हेटौंडा महिला मैत्री शहर निर्माणका लागि छनोट

मकवानपुर । हेटौंडा उपमहानगरपालिका देशभरका २९३ नगरपालिकामध्ये महिला मैत्री शहर निर्माणका लागि छनोट भएको छ। यसै सन्दर्भमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले आफ्नो धारणा राख्दै महिला मैत्री शहर निर्माणका लागि ठोस कार्ययोजना अघि बढ्ने बताइन्। कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, विभिन्न वडाका अध्यक्षहरू, उपमहानगरका विज्ञ सल्लाहकार डा. कृष्णप्रसाद धिताल, युएनवपिएसका विज्ञ डा. चुडामणी जोशी लगायतको उपस्थिति थियो। औपचारिक कार्यक्रमसँगै महिला मैत्री शहर निर्माणको कामले गति लिने बताइएको छ। यस योजनाले महिलामैत्री पूर्वाधार, सुरक्षित सार्वजनिक स्थल, तथा लैंगिक समानताको प्रवर्द्धनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
Read More
प्रदेशस्तरीय समाचार लेखन प्रतियोगितामा हेटौँडाकी सुनिता प्रथम

प्रदेशस्तरीय समाचार लेखन प्रतियोगितामा हेटौँडाकी सुनिता प्रथम

मकवानपुर । बागमती प्रदेश स्तरीय समाचार लेखन प्रतियोगितामा हेटौँडाकी सुनिता विष्ट प्रथम भएकी छिन् । प्रतियोगितामा काठमाडौँकी सरस्वती अधिकारी द्वितीय ,हेटौँडाकी स्मिता अर्जेल तृतीय र काभ्रेकी सुनिता सापकोटाले सान्त्वना स्थान प्राप्त गरेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए । कार्यक्रम बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र सञ्चारिका समूह बागमती प्रदेशको संयोजनमा सम्पन्न भएको हो। खोज मूलक पत्रकारिताका लागि महिला पत्रकारहरुलाई विद्वतवृत्ति गर्ने कार्यक्रम अन्तर्गत मंगलबार प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट २० प्रतियोगीमध्ये १३ जिल्लाका १७ जनाको सहभागीता रहेको थियो । यसअघि खोज मूलक पत्रकारिताका लागि…
Read More
हेटौंडाको सडक किनारमा पर्यटकीय गन्तव्य झल्काउने भित्तेचित्र

हेटौंडाको सडक किनारमा पर्यटकीय गन्तव्य झल्काउने भित्तेचित्र

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरलाई सुन्दर बनाउन थालेको अभियान अन्तर्गत नेपाल ट्रस्टको पर्खालमा भित्तेचित्र कोर्ने कार्य अघि बढाइएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१० को सडक छेउमा रहेका उक्त पर्खालमा उपमहानगर क्षेत्रभित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई चित्रकलामार्फत प्रस्तुत गरिंदैछ। नगर प्रमुख मीनाकुमारी लामाले चित्रकलाको अवलोकन गर्दै थप सुधारका लागि सुझावसमेत दिएकी छिन्। पहिलो चरणमा १७ सय स्क्वार फिट क्षेत्रमा १५ वटा चित्र बनाइने योजना छ। नगरको खरिद समितिमार्फत विभिन्न वडाका पर्यटकीय स्थलहरूलाई चित्रमा उतार्ने जिम्मा कलाकारहरूलाई दिइएको छ। यस भित्तेचित्र निर्माणका लागि उपमहानगरपालिकाले ४ लाख ६८ हजार ३५३ रुपैयाँको ठेक्का लगाएर काम अगाडि बढाएको छ। यस अभियानले हेटौंडाको सौन्दर्य अभिवृद्धि गर्दै आन्तरिक तथा…
Read More
सडक नाटकमा बुद्ध मावि हात्तिगौँडा प्रथम

सडक नाटकमा बुद्ध मावि हात्तिगौँडा प्रथम

मकवानपुर ।हेटौँडामा आयोजित प्रथम नगरस्तरीय सडक नाटक प्रतियोगितामा बुद्ध मावि, हेटौंडा-१२ हात्तिगौँडा प्रथम भएकाे छ । प्रतियाेगितामा बुद्ध माविले प्रस्तुत गरेको "अप्सरा" नामक नाटकले प्रथम स्थान हासिल गर्न सफल भएको हाे । सामाजिक रूपान्तरणका लागि सचेतनामूलक सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विजेता बनेसँगै बुद्ध माविले रु. १५,०००/- नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा विभिन्न विद्यालय तथा संस्थाका नाटक समूहहरूले सामाजिक विषयवस्तुमा आधारित सिर्जनशील नाटक प्रस्तुति राखेका थिए । हेटौंडा उपमहानगरपालिका-४ नम्बर वडा कार्यालयको आयोजना तथा झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।
Read More
पिडाको भुङ्ग्रोबाट खारिएको सुमधुर आवाज–ईन्द्रकला राई (भिडियो)

पिडाको भुङ्ग्रोबाट खारिएको सुमधुर आवाज–ईन्द्रकला राई (भिडियो)

चन्द्र घलान,मकवानपुर । सुमधुर आवाजकी धनी गायिका ईन्द्रकला राई यतिखेर थप चर्चामा छिन्, कारण हो द भोईस अफ नेपाल गायन रियालिटी शोको सिजन ६ मा उनको ब्लाईण्ड अडिसन । उनी सिजन ६ को ब्लाईण्ड अडिसनबाट छानिएकी बाह्रौँ प्रतियोगी हुन् । साथै उनी सिजन ६ मा चारै कोचको कुर्सी घुमाउने पाँचौँ प्रतियोगी पनि हुन् । २१ वर्षीया इन्द्रकलाको आवाज जति सुमधुर छ उनको जीवनको संघर्षको कथा भने अझै निक्कै पिडादायी छ । आमाबुवाको डिभोर्स भएपछि उनको परिवारको जिम्मा उनमा आएको छ । ४ दिदी बहिनी रहेकी उनले बालुवा बोक्नेदेखि फाईनान्स सम्मको काम पनि गरिन् । ती संघर्षका दिनहरु बिताएर लाईभ म्युजिकमा…
Read More
गायक सिद्धान्त खड्काको ‘मसक्क मस्किएर’ सार्वजनिक

गायक सिद्धान्त खड्काको ‘मसक्क मस्किएर’ सार्वजनिक

मकवानपुर । गायक सिद्धान्त खड्काको आवाजमा ‘मसक्क मस्किएर’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक खड्काकै युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । नन्दु गुरुङ र गायक खड्काकै शब्द समावेश गीतमा सिद्धान्तले नै संगीत भर्नुका साथै एरेञ्ज पनि गरेका छन् । गीतको म्युजिक भिडियोमा संयोग राईको सिनेम्याटोग्राफी र सम्पादन रहेको छ । भिडियोलाई सिद्धान्त र संयोगले निर्देशन गरेका हुन् । हेर्नुहोस् म्युजिक भिडियो–
Read More
‘मिस तामाङ पोखरा २०२५’ का उत्कृष्ट ११ प्रतियोगीहरु (भिडियो)

‘मिस तामाङ पोखरा २०२५’ का उत्कृष्ट ११ प्रतियोगीहरु (भिडियो)

मकवानपुर, २ माघ । मिस तामाङ पोखरा २०२५ को फाईनल आउँदो माघ १२ गते शनिबार हुँदैछ । बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष गरिँदै आएको मिस तामाङ पोखराको यो नवौँ संस्करण हो । प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा हुने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले जानकारी दिइन् । कार्यक्रममा साँस्कृति झाँकी प्रदर्शनीका साथै मिस तामाङ पोखरा २०२५ का प्रतियोगीहरुबिच प्रतिस्पर्धा हुनेछ । साथै शोमा चर्चित व्यक्तित्वहरु पनि सहभागी हुनेछन् । मिस तामाङ पोखरा २०२५ मा यस वर्ष ११ जना तामाङ सुन्दरीहरुले सहभागिता जनाएका छन् । विभिन्न विधाको प्रशिक्षणमा सहभागी भएका प्रतियोगीहरु फाईनल भिडन्तको लागि तयार भएका छन् । यस भिडियो…
Read More
मिस तामाङ २०२५ को अडिसन सम्पन्न (भिडियो सहित)

मिस तामाङ २०२५ को अडिसन सम्पन्न (भिडियो सहित)

मकवानपुर, २ माघ । मिस तामाङ २०२५ को अडिसन सम्पन्न भएको छ । गत शनिबार आयोजक संस्था मम्स इन्टरनेशनल नेपालको बागबजारस्थित कार्यालयमा अडिसन सम्पन्न भएको हो । अडिसनमा मिस तामाङ २०२५ का लागि आवेदन दिएका तामाङ सुन्दरीहरुले अन्तरवार्ता दिएका थिए । अडिसनमा मम्स इन्टरनेशनलकी निर्देशक रञ्जीता लामा, पूर्व मिस तामाङ सफलता थिङ तामाङ, अतित लामा, र ऋतु तामाङसहितको टोलीले सहभागीहरुको अडिसन लिएका थिए । यो मिस तामाङको सत्रौँ सँस्करण हो । गत वर्ष चर्चित कलाकार समेत रहेकी बालाजुकी रिया लामाले मिस तामाङको ताज पहिरिएकी थिईन् । त्यस्तै शोकी फर्स्ट रनर अप काभ्रेकी स्मृति योञ्जन तामाङ, सेकेण्ड रनर अप अमृता लामा…
Read More
तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ पुस २० गते हेटौँडामा प्रदर्शन हुने (ट्रेलरसहित)

तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ पुस २० गते हेटौँडामा प्रदर्शन हुने (ट्रेलरसहित)

मकवानपुर । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही पुस २० गते हेटौँडास्थित ओम्याक्स सिनेमा हलमा प्रदर्शन हुने भएको छ । चलचित्र बिहान ११ बजे प्रसारण गरिने चलचित्रमा नायकका रुपमा डेब्यु गरेका मकवानपुरे कलाकार हेमकुमार तितुङले जानकारी दिएका छन् । हेटौँडामा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिनुका साथै चलचित्र प्रदर्शन मिती तय भएको जानकारी दिइएको थियो। औपचारिक कार्यक्रममा सार्वजनिक गरिएसँगै चलचित्रको ट्रेलर युट्युबमा समेत सार्वजनिक भइसकेको छ । ट्रेलर एचएमएम मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा प्रेम, विछोड र वियोगका साथै पात्रहरुबिचको द्वन्दलाई पनि स्थान दिइएको छ । यसअघि चलचित्र ‘दार्बुङ’ ले सफलता पाएपछि नायक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.