हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ मा कोच वाङ्देनको टिमबाट क्रियसन रोका (Kriyasan Roka The Voice Kids) ले ब्याटल जितेका छन् । उनले कोच वाङ्देन शेर्पाकै टिमबाट समिपन राई र अंकित गौतमसँग ब्याटल भिडेका थिए । कोच वाङ्देनको टिमका यी तिनै जना प्रतियोगीहरु चारै कोचको कुर्सी घुमाएका प्रतियोगीहरु हुन् ।
क्रियसनले यसअघि ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुको कुर्सी घुाएका थिए । १२ वर्षीय क्रियशन गण्डकी प्रदेशको म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नम्बर ३ निवासी हुन् । ब्लाईण्ड अडिसनमा कोच वाङ्देनले आफुसँग भएको सुपर ब्लक अप्सन प्रयोग गरेर कोच अर्जुनलाई ब्लक गरेर क्रियसनलाई आफ्नो टिममा पारेका थिए ।

कोचले क्रियसनलाई छानेसँगै समिपन र अंकितलाई पनि कोचहरुले स्टिल गरेका छन् । कोच अर्जुनले समिपनलाई र कोच सत्यले अंकितलाई स्टिल गरेका हुन् । समिपन र अंकित शोमा स्टिल भएका पहिलो प्रतियोगीहरु हुन् । ११ वर्षिया समिपन धनकुटाकी हुन् । अब उनी कोच अर्जुनको टिममा छन् । त्यस्तै १२ वर्षीय अंकित बुटवलका हुन् । उनी अब कोच सत्यको टिममा छन् । यसरी ब्लाईण्डबाट छानिएका कोच वाङ्देनका यी तिनै जना प्रतियोगीहरु लाईभ राउण्डमा प्रवेश गरेका छन् ।
यो पनि हेर्नुहोस्– मेरिल राईले जितिन् ब्याटल राउण्ड
सगुन पौडेलले जितिन् ब्याटल
फोर चेयर टर्न २ प्रतियोगीसँग दिपान्शी शर्मा दाहालको कडा ब्याटल


























