Murchunga TV

सगुन पौडेलले जितिन् ब्याटल

Sagun Poudel Battle Round The Voice Kids Nepal Season 5

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ को पहिलो ब्याटल कोच सत्यको टिमबाट सगुन पौडेलले जितेकी छिन् । उनले कोच सत्यकै अर्का २ प्रतियोगीहरु दिपान्शी शर्मा दाहाल र आराध्या पण्डितलाई ब्याटलमा पराजित गर्दै लाईभ राउण्डका लागि छनौट भएकी हुन् । उनले ब्लाईण्ड अडिसनमा चारै कोचको कुर्सी घुमाएकी थिईन् ।

सगुनसँग ब्याटल भिडेकी दिपान्शीले एक कुर्सी र आराध्याले चार कोचको कुर्सी घुमाएकी थिईन् । कोच सत्यले आराध्यालाई कोच अर्जुनलाई सुपर ब्लक गर्दै आफ्नो टिममा लिएका थिए । कोचहरुले स्टिल पावर प्रयोग नगर्दा यी दुबै प्रतियोगी शोबाट बाहिरिएका छन् ।

Sagun Poudel Battle Round The Voice Kids Nepal Season 5

द भोइस किड्स नेपाल सिजन ५ को ब्लाईण्ड अडिसनमा चारै कोचको कुर्सी घुमाउने एघारौँ प्रतियोगी हुन् सगुन पौडेल । उनी कोच सत्यको टिममा छिन् । १२ वर्षीया सगुन दाङकी हुन् । १० वर्षको उमेरमा यसअघि द भोईस किड्स सिजन ३ मा सहभागी भएकी सगुनले त्यस समयमा कुनै कुर्सी घुमाउन सकेकी थिईनन् तर उनले सिजन ५ मा चारै कोचको कुर्सी घुमाएर तहल्का मच्चाएकी छिन् । कक्षा ८ मा अध्ययनरत सगुन निरन्तर संगीत क्षेत्रमै लाग्दैछिन् । सिजन ३ मा रुँदै बाहिरिएकी सगुनले यसपटक त्यसबेलाको पिडा मात्र भुलाईनन् बरु उनले आफु संगीतमा अझै खारिएर आएको प्रमाण दिईन् ।

आमाबुवा र परिवारबाट नै संगीत क्षेत्रमा लाग्न सपोर्ट पाएकी सगुन नृत्य र अभिनयमा पनि रुचि राख्छिन् । ब्लाईण्डमा सहभागी हुनुभन्दा केही समयअघि मात्रै हजुरआमा गुमाएकी सगुनलाई उनको हजुरआमाबाट पनि गीत गाउन प्रेरणा मिलेको उनका बुवा बताउँछन् ।

यो पनि हेर्नुहोस्– नायिका काजल कर्णले खोलिन् नेपाली फिल्मी क्षेत्रको विभेदको ‘कुरुप अनुहार’

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.