मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकाले आफ्नो कार्यालयबाटै करदाताहरूलाई स्थायी लेखा नम्बर (PAN) सम्बन्धी सेवा प्रदान गर्न सुरु गरेको छ। पालिकामा सेवा सुरु भएकै दिन ३ जना सेवाग्राहीले व्यक्तिगत प्यान (Personal PAN) र १ जना सेवाग्राहीले संस्थागत प्यान (W-PAN) प्राप्त गरेका थिए । (Makawanpurgadhi PAN Sewa)
गाउँपालिकाले यसअघि नै एक सूचना जारी गर्दै २०८३ साल असार १६ गतेदेखि व्यक्तिगत र व्यावसायिक प्यान दर्ता सेवा सञ्चालनमा आउने जानकारी दिएको थियो। सेवा लिन इच्छुक सेवाग्राहीहरूलाई आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरिएको छ। थप जानकारी वा सहजीकरणका लागि पालिकाले राज लम्साल (९८४५९४२८७७) र सोराज तामाङ्ग (९८४५८६२०९४) लाई सम्पर्क व्यक्ति तोकेको छ।
यो पनि हेर्नुहोस्– हेटौँडामा युवा उद्यमीलाई हौसला प्रदान गर्न नगर प्रमुखको अनुगमन
Facebook Comments Box
Post Views: 4


























