Murchunga TV

कुकुर पालेर छाडा छोड्नेहरुलाइ कारवाही र जरिवाना

हेटौंडा । कुकुर पालेर छाडा छोड्नेहरुलाइ हेटौंडा उपमहानगरपालिकाले जरिवाना तिराउनुका साथै कारवाही पनि गर्ने भएको छ । सानो छउन्जेल पाल्ने र ठुलो भएपछि पाल्न नसकेर सडकमा अथवा खुला छोडिदिनाले दिनानुदिन सामुदायिक कुकुरहरुको सङ्ख्या सडक , गल्ली , बजार , गाउँघर ,चोक – चोकमा जताततै बग्रेल्ती भेटिन्छन् ।

हेटौंडा अस्पतालमा रेबिज विरुद्धको सुइको अभाव हुनु कुकुरहरु छाडा छोडिदिनाले हो । बेलाबेलामा यस्ता छाडा छाडिएका कुकुरहरुलाइ सामाजिक अभियन्ता तथा युवाहरू , पशुसेवा कार्यालय हेटौंडाद्वारा हेटौंडाको विभिन्न ठाउँमा प्रजनन बन्ध्याकरण अपरेसन गर्ने र रेविज विरुद्धको सुइ लगाउने काम भइनै रहेको छ । हेटौंडा उपमहानगरपालिकाले छाडा अवस्थामा छोडिएका सामुदायिक कुकुरहरुलाइ हेटौंडा १ चौकिटोलमा होल्डिङ सेन्टर निर्माण गर्नी र त्यहाँ राख्नी भनेका हौं तर कुकुरको सङ्ख्या ह्वात्तै बढ्नाले त्यो सम्भावनापनि कम भयो ।

नगरप्रमुख मीनाकुमारी लामा भन्छिन् , कुकुर छाडा छोड्ने , कुकुरलाइ सडक छेउकुनामा दिशापिसाप गराउनेलाइ राम्रै जरिवाना र कारवाही गरेपछिमात्र समस्या समाधान होला नत्र शम्भवै छैन । दिनानुदिन कुकुरको सङ्ख्या सडकमा बढेसङ्गै कुकुर आतंकपनि बढेको छ । प्रेम चन्द भन्छन् , म हेटौंडाको काङ्ग्रेस चोकमा खाजा होटल संचालन गर्दै आएको छु । घर फर्किदा रातको ११ बज्छ । स्कुटरमा हामी श्रीमान् , श्रीमती हुन्छौं बच्चासहित प्राय कुकुरले लखेट्छ । लौन हिंड्ने बाटोबाट कुकुर हटाउन पर्यो भनेर वडा गए , नगरपालिका गए तर समस्या जस्ताकोतस्तै ।

कतिचोटीत झन्डाझन्डै लड्दै बाचिएको छ । उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका हेटौंडा १ नम्बर वडाध्यक्ष सबिन न्यौपाने भन्छन् , कुकुर पाल्नु आफैमा नराम्रो होइन आफ्नो सुरक्षाको लागि घरको कपाउण्डभित्र बाधेर पाल्नु गलत होइन तर छडा छोडेर पाल्ने , सडक , पेटी , दोबाटोमा दिसापिसाब गराउनु गलत हो । केहि मानिसहरु यसरीपनी भन्छन् , बरु खसी , बाख्रा , रागो , कुखुरो पाल्दा घरमा आम्दानीको श्रोत बढ्छ तर कुकुर पाल्दा खर्चै बढिहुन्छ ।

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.