हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ मा कोच अर्जुनको टिमबाट ब्याटल भिडेका आर्मन कार्की (Aarman Karki) लाईभ शो राउण्डमा प्रवेश गरेका छन् । उनले कोच अर्जुन सापकोटाको टिमबाट सिमा भुषाल र अनुजा बिसीसँग ब्याटल भिडेका थिए । आर्मनले यसअघि ब्लाईण्ड अडिसनमा २ कोचको कुर्सी घुमाएका थिए । उनीसँग ब्याटल भिडेका सिमाले ३ कोचको कुर्सी र अनुजाले २ कोचको कुर्सी घुमाएकी थिईन् । कोचले लाईभ शोका लागि आर्मनलाई छानेसँगै सिमा र अनुजा शोबाट बाहिरएका छन् ।

Aarman Karki को सांगितिक यात्रा
द भोइस किड्स नेपाल सिजन ५ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएका छब्बिसौँ प्रतियोगी हुन् आर्मन कार्की । उनले ब्लाईण्ड अडिसनमा कोच अर्जुन र कोच मिलनको कुर्सी घुमाउन सफल भएका थिए । ११ वर्षीय आर्मन मकवानपुरको हेटौँडा निवासी हुन् । सिजन ५ मा आर्मनसँगै उनकी ५ वर्षीया बहिनी आध्या कार्कीले पनि सहभागिता जनाएकी थिईन् ।

कक्षा ६ मा अध्ययनरत आर्मनले नर्सरीदेखि नै गीत गाउन सुरु गरेका हुन् । विशेषगरी बुवाले पनि गीत गाएको देखेर गायन क्षेत्रमा लाग्न प्रेरणा पाएका आर्मन नयाँ गीतसँगीत आउने बित्तिकै त्यसलाई गाउन सुरु गर्ने गरेको उनका बुवा बताउँछन् ।
ठूलो सांगितिक कार्यक्रमहरुमा समेज दर्शकहरुमाझ आफ्नो प्रतिभा देखाईसकेका आर्मनले मकवानपुर जिल्लामा भएका विभिन्न ६ वटा गायन प्रतियोगिताहरुमा रनर अप तथा विजेता भएको उनकी आमा बताउँछिन् । आर्मन हेटौँडामा आयोजित ‘म यस्तो गीत गाउँछु जुनियर–सिजन १’ मा पनि सेकेण्ड रनरअप हुन सफल भएका थिए ।

बहुप्रतिभाशाली Aarman Karki
आर्मन गायनमा मात्र नभई आर्टमा पनि प्रतिभाशाली छन् । हार्मोनियम, पियानो र गितार बजाउन रुचाउने आर्मनले शोमा कोच र दर्शकहरुको मन जितिरहेका छन् । आर्मनका बुबा शिक्षक र आमा नर्स हुन् । बुवाआमा दुबै जनाले आर्मनलाई गायनक्षेत्रमै लाग्न हौसला दिईरहेका छन् ।

यो पनि हेर्नुहोस्– मेरिल राईले जितिन् ब्याटल राउण्ड
सगुन पौडेलले जितिन् ब्याटल
फोर चेयर टर्न २ प्रतियोगीसँग दिपान्शी शर्मा दाहालको कडा ब्याटल

























