Murchunga TV

‘यो मेरो अस्तित्व र आत्मसम्मानको लडाइँ हो’-नायिका काजल कर्ण

Kajal Karn

हेटौँडा चलचित्र ‘चिरञ्जीवी भवः’ को सुटिङका क्रममा आफूले भोगेको विभेद र अपमानको विषयलाई लिएर नायिका काजल कर्ण (Kajal Karn) ले पुनः आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेकी छिन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले यो विषय केवल एउटा फिल्म सेटको सामान्य घटना मात्र नभई आफ्नो अस्तित्व, पहिचान र आत्मसम्मानसँग जोडिएको विषय भएको स्पष्ट पारेकी छिन्।

काजलले केही मिडिया र न्युज पोर्टलहरूले सत्यता नबुझी, केवल हेडलाइनका लागि यो विषयलाई गिजोल्ने काम गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्। यस्तो कार्यले आफूलाई मात्र नभई नेपाली फिल्म क्षेत्रमा संघर्षरत अन्य धेरै कलाकारलाई समेत चोट पुर्याउने उनको भनाइ छ।

विवादबाट आफू नभाग्ने बताउँदै काजलले फिल्म आर्टिस्ट एसोसिएसन अफ नेपाल (FAAN) मा औपचारिक रूपमा इमेलमार्फत उजुरी दर्ता गराइसकेको जानकारी दिएकी छिन्। उनले घटनासँग सम्बन्धित सम्पूर्ण प्रमाणहरू पनि एसोसिएसनमा पेश गरिसकेकी छिन्। “सत्य ढाकिँदैन, समय आउँछ र त्यो बेला म सबै प्रमाणसहित मिडियामा आउनेछु,” उनले अगाडि लेखेकी छिन्।

आफू एक्लै नरहेको र आफ्नो पक्षमा आमा-बुवाको विश्वास, आफ्नो मेहनत र सत्यको बल रहेको कुरामा उनी विश्वस्त छिन्। “न्याय पाउने अधिकार सबैको हो, म त्यो अधिकारका लागि अन्तिमसम्म लड्नेछु,” उनले भनेकी छिन्। अन्त्यमा, उनले सत्य नबुझी कसैलाई पनि दोषी नठहर्‍याउन आग्रह गर्दै यो लडाइँ जातीयता, आत्मसम्मान र सत्यको रक्षाका लागि भएको स्पष्ट पारेकी छिन्।
Kajal Karn
यो पनि हेर्नुहोस्–
नायिका काजल कर्णले खोलिन् नेपाली फिल्मी क्षेत्रको विभेदको ‘कुरुप अनुहार’
मैथिली अभिनेत्री काजल कर्ण डान्सिङ स्टारमा

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.