Murchunga TV

सुवाश्ना खड्का केसी बनिन् ‘द भ्वाइस किड्स’ सिजन ५ की विजेता

Subashna Khadka KC The Voice Kids Season 5 Winner

चन्द्र घलान, हेटौँडा । ‘द भोइस किड्स सिजन ५ को उपाधि सुवाश्ना खड्का केसीले जितेकी छिन् । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा कोच वाङ्देनको टिमकी सुवाश्नाले सर्वाधिक भोट प्राप्त गर्दै विजेता बनेकी हुन् । Subashna Khadka KC The Voice Kids Season 5 Winner.

विजेतालाई १० लाख नगदसहित विभिन्न पुरस्कारहरु प्रदान गरिएको छ । शोमा कोच वाङ्देनले पहिलो पटक कोच बनेकै समयमा जीत हासिल गरेको ऐतिहासिक रेकर्ड राखेका छन् भने सुवाश्नाले पनि एउटा मात्रै कोचको कुर्सी घुमाएता पनि जीत हासिल गरेर ऐतिकासिक रेकर्ड कायम गरेकी छिन् ।

फाईनलमा ८ जनाबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो । कोच सत्यराज आचार्यको टिमबाट कविना राई र सम्राट खनाल, कोच वाङदेन शेर्पाको टिमबाट सुवाश्ना खड्का केसी र क्रियसन रोका, कोच अर्जुन सापकोटाको टिमबाट आर्मन कार्की र आन्वी विष्ट तथा कोच मिलन नेवारको टिमबाट रुईसाङ पाख्रिन र प्रञ्जल ढुङ्गेल फाइनलिस्ट बनेका थिए । सुवाश्नाले यी सबै प्रतियोगीहरुलाई पछाडि पार्दै उपाधि हात पारेकी हुन् ।
Subashna Khadka KC The Voice Kids Season 5 Winner

द भोईस किड्स नेपाल सिजन ५ को फाईनलमा पुगेकी पहिलो प्रतियोगी समेत सुवाश्ना खड्का केसी नै हुन् । उनले लाईभ शोको तेस्रो एपिसोडमा पफोमर अफ द डे अवार्ड पनि जितेकी थिईन् । १२ वर्षीया सुवाश्ना खोटाङकी हुन् । हाल उनी जोरपाटीमा बस्छिन् । उनी सुबु नामले पनि परिचित छिन् । उनी कोच वाङ्देनको टिममा थिईन् । सुवाश्नाले ब्लाईण्ड अडिसनमा कोच वाङ्देनको कुर्सी घुमाउन सफल भएकी थिईन् । उनका बुवा र आमा दुबै जना शैन्य सेवामा छन् । उनका बुवा बिग्रेडियर जनरल र आमा लेफ्टीनेन्ट कर्नल हुन् ।
Subashna Khadka KC The Voice Kids Season 5 Winner

सैनिक स्कूलमा अध्ययनरत सुवाश्ना लगनशिल र अनुशासित रहेको उनकी आमा बताउँछिन् । अध्यययनमा अब्बल रहेकी सुवाश्ना तेक्वान्दो, स्विमिङ, आर्टस् एण्ड क्राफ्ट, स्केचिङ, पेन्टिङ र नृत्य जस्ता बहुमुखी प्रतिभाकी धनी छिन् । मल्टी ट्यालेन्टेट विद्यार्थीका रुपमा चिनिएकी सुवाश्ना आफु बुवाबाट गायन क्षेत्रमा लाग्न प्रेरणा पाएको बताउँछिन् । उनका बुवा पनि राम्रो गीत गाउँछन् । सुरुमा एउटै कोच घुमेन भने सिजन ६ मा आउने लक्ष्य राखेकी सुवाश्ना यसै सिजनमा फाईनलमा पुगीसकेकी छिन् र अहिले टाईटल जित्ने दौडमा छिन् । हेर्नुहोस् भिडियो–

नेपाली संगितमा फराकिलो परिचय बनाउँदै गायिका उषा गजुरेल
‘यो मेरो अस्तित्व र आत्मसम्मानको लडाइँ हो’-नायिका काजल कर्ण

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.