रसुवा बाढी: हेटौँडा उपमहानगरद्वारा उद्धार टोली र उपकरण परिचालन
हेटौँडा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाले खोज तथा उद्धार कार्य तीव्र पारेको छ। बाढीका कारण प्रभावित क्षेत्रमा फसेका तथा तीर्थयात्रामा गएर सम्पर्कविहीन भएका नगरवासीहरूको खोजी र उद्धारका लागि उपमहानगरपालिकाले आफ्नो औपचारिक निर्णयसहित उद्धार टोली घटनास्थलतर्फ पठाएको छ। कार्यपालिका बैठकका प्रमुख निर्णयहरू मङ्गलवार बिहान बसेको उपमहानगरपालिकाको ९१औँ नगर कार्यपालिकाको बैठकले बाढी प्रभावित क्षेत्रमा सहयोग पुर्याउन ६ बुँदे निर्णय गरेको छ। प्रवक्ता सविन न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार विपद्मा परेकाहरूको यथार्थ विवरण संकलन गर्न सम्बन्धित वडा कार्यालयहरूलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालको नेतृत्वमा ७ सदस्यीय…