
पिडाको भुङ्ग्रोबाट खारिएको सुमधुर आवाज–ईन्द्रकला राई (भिडियो)
चन्द्र घलान,मकवानपुर । सुमधुर आवाजकी धनी गायिका ईन्द्रकला राई यतिखेर थप चर्चामा छिन्, कारण हो द भोईस अफ नेपाल गायन रियालिटी शोको सिजन ६ मा उनको ब्लाईण्ड अडिसन । उनी सिजन ६ को ब्लाईण्ड अडिसनबाट छानिएकी बाह्रौँ प्रतियोगी हुन् । साथै उनी सिजन ६ मा चारै कोचको कुर्सी घुमाउने पाँचौँ प्रतियोगी पनि हुन् । २१ वर्षीया इन्द्रकलाको आवाज जति सुमधुर छ उनको जीवनको संघर्षको कथा भने अझै निक्कै पिडादायी छ । आमाबुवाको डिभोर्स भएपछि उनको परिवारको जिम्मा उनमा आएको छ । ४ दिदी बहिनी रहेकी उनले बालुवा बोक्नेदेखि फाईनान्स सम्मको काम पनि गरिन् । ती संघर्षका दिनहरु बिताएर लाईभ म्युजिकमा…