हेटौँडा । हेटौँडामा पहिलोपटक आयोजित तीनदिने ‘ड्रागन फ्रुट महोत्सव–२०८३’ (Dragon fruit Mahotsav Hetauda) उत्साहजनक रूपमा सम्पन्न भएको छ। असार ११ गतेदेखि १३ गतेसम्म हेटौँडा–११ स्थित प्रादेशिक कृषि थोक बजारमा सञ्चालित उक्त महोत्सवले किसान, उद्यमी र उपभोक्ताहरूलाई एकै थलोमा ल्याउँदै सफलतापूर्वक आफ्नो यात्रा पूरा गरेको छ।
Dragon fruit Mahotsav Hetauda मा कति व्यापार भयो ?

आयोजकका अनुसार महोत्सव निकै फलदायी सावित भएको छ। तीन दिनको अवधिमा करिब २५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुनुका साथै १० मेट्रिक टन (१०,००० केजी) ड्रागन फ्रुट बिक्री भएको छ। स्थानीय उत्पादनलाई उपभोक्ताको भान्सासम्म पुर्याउने र किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले आयोजित यस महोत्सवले बजारमा ड्रागन फ्रुटको माग र सम्भावनालाई थप बलियो रूपमा स्थापित गरेको छ।
Dragon fruit Mahotsav Hetauda ले गर्दा कस्तो मदत पुग्यो ?

महोत्सवले नेपाली फलफूलप्रति उपभोक्ताहरूको उच्च आकर्षण रहेको कुरालाई प्रमाणित गरिदिएको छ। किसानहरूलाई आफ्नो उत्पादनको बजारीकरण गर्ने अवसर मिल्नुका साथै उपभोक्ताहरूले ताजा र गुणस्तरीय फलफूल सिधै उत्पादकबाट खरिद गर्न पाएका छन्। यस किसिमका कार्यक्रमले स्वदेशी कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने सन्दर्भमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।

आयोजकले यस ऐतिहासिक सफलतामा सहयोग पुर्याउने बागमती प्रदेश सरकार, हेटौँडा उपमहानगरपालिका, सहभागी सम्पूर्ण किसान, व्यवसायी तथा उपभोक्ताहरूप्रति आभार व्यक्त गरेको छ। स्थानीय कृषि उत्पादनलाई माया गर्ने, स्वस्थ जीवनशैली अपनाउने र समृद्ध हेटौँडा निर्माणमा हातेमालो गर्ने प्रतिबद्धताका साथ महोत्सवको समापन गरिएको छ।
यो पनि हेर्नुहोस्– हेटौँडामा निःशुल्क सिटी टुर सेवा सुरु

























