Murchunga TV

हेटौँडामा निःशुल्क सिटी टुर सेवा सुरु

हेटौँडामा निःशुल्क सिटी टुर

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ निःशुल्क यातायात (सिटी टुर) सेवाको सुरुवात गरिएको छ। ‘हाम्रो सेवा परिवर्तनमा टेवा’ भन्ने मूल नाराका साथ सुरु भएको यस विशेष कार्यक्रमको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो।

उक्त निःशुल्क यातायात सेवा आज मिति २०८३ असार १० गतेदेखि सुरु भई असार १६ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख लामाले नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थलहरूको प्रभावकारी प्रचार–प्रसार गर्न र स्थानीय बासिन्दाका साथै बाह्य पर्यटकहरूलाई समेत आन्तरिक भ्रमणका लागि प्रोत्साहन गर्न यो सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

यस सिटी टुर सेवामार्फत यात्रुहरूलाई नगरका विभिन्न प्रमुख पर्यटकीय तथा दर्शनीय स्थलहरूको अवलोकन गराइनेछ। स्थानीय पर्यटनलाई थप चलायमान बनाउँदै नगरको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य राखिएको यस कार्यक्रमबाट नगरवासी र पर्यटकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.