Murchunga TV

हेटौँडामा युवा उद्यमीलाई हौसला प्रदान गर्न नगर प्रमुखको अनुगमन

Hetauda 14 Krishi

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले स्वदेशमै स्वरोजगार बन्न चाहने युवाहरूलाई प्रवर्द्धन गर्ने नीतिअन्तर्गत कृषि क्षेत्रमा सक्रिय युवा उद्यमीहरूलाई साथ र सहयोग दिँदै आएको छ। यसैक्रममा हेटौँडा–१४ मा सञ्चालित ‘निश्चलराज एकीकृत कृषि तथा पशुपन्छी फर्म’ को हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले स्थलगत अवलोकन गर्नुभएको छ।
Hetauda 14 Krishi
अवलोकनका क्रममा नगर प्रमुख लामाले पछिल्लो समय हेटौँडामा व्यावसायिक खेतीतर्फ आकर्षण बढेको र विशेष गरी ‘ड्रागन फ्रुट’ तथा पशुपन्छी पालनमा युवाहरूले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। उहाँले उत्पादनमूलक कार्यमा लाग्न चाहने युवा उद्यमीहरूका लागि उपमहानगरपालिका सधैँ सहकार्य र सहयोगका लागि तयार रहेको बताउनुभयो।
Hetauda 14 Krishi
फर्मको निरीक्षणका लागि नगर प्रमुख लामासहित प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली नेतृत्वको टोली पुगेको थियो। टोलीले फर्मको अवस्था, त्यहाँ भइरहेका उत्पादन तथा सामना गर्नुपरेका चुनौतीहरूबारे जानकारी लिँदै उद्यमीहरूलाई हौसला प्रदान गरेको थियो। हेटौँडा उपमहानगरपालिकाले युवाहरूलाई कृषि उद्यमशीलतामा जोड्न र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कृषि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
यो पनि हेर्नुहोस्– हेटौँडा उपमहानगरबाटै प्यान र भ्याट सेवा सुरु

#Hetauda14Krishi Hetauda 14 Krishi

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.