हेटौँडा । गायक चित्र पुलामी र गायिका अञ्जना सारु मगरको आवाजमा नयाँ गीत ‘सोल्टिनीको हाँसो राम्रो’ (Chitra Pulami And Anjana Saru Magar New Song Soltiniko Haso Ramro) सार्वजनिक भएको छ । म्युजिक भिडियो गायक पुलामीकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

Chitra Pulami And Anjana Saru Magar New Song Soltiniko Haso Ramro Audio team
दिलमनीको शब्द तथा गायक चित्र पुलामीकै संगीतमा गीत तयार भएको हो । गीतलाई विपिन आचार्यले एरेञ्ज र मिक्सिङ मास्टरिङ गरेका छन् । गीतमा निश्चल बनिया, दिलमनी, रश्मी भुजेल र मरियम बशेलले कोरश आवाज दिएका छन् ।

Chitra Pulami And Anjana Saru Magar New Song Soltiniko Haso Ramro Video Team
म्युजिक भिडियोमा दिल पुलामी र सोनिया पुन मगरले अभिनय गरेका छन् । म्युजिक भिडियोमा दिपश जंग शाह, प्रेम दर्नाल, पेसल आले, दिपु श्रेष्ठ, ईश्वर अधिकारी, शान्ति मगर, अनिशा थापा, कृष्टिना नेपाली, करिश्मा सिंह ठकुरी, पुर्णिमा पोडेल युशु लगायतको नृत्य देख्न सकिन्छ ।
हरि ढकालको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोमा दिपेश जंग शाहको कोरियोग्राफी र चित्र पुलामीको निर्देशन रहेको छ । हेर्नुहोस् म्युजिक भिडियो–
यो पनि हेर्नुहोस्– रञ्जिता विश्वकर्माले खेम सेञ्चुरीसँग मिलेर ल्याईन् ‘फुलजस्तै पयालै’
गायिका रञ्जिता विश्वकर्माको ‘निष्ठुरी’ सार्वजनिक
गायिका अञ्जना सारुको ‘तिम्रो मायाले’ सार्वजनिक(भिडियो सहित)
