Murchunga TV

गायिका अञ्जना सारुको ‘तिम्रो मायाले’ सार्वजनिक(भिडियो सहित)

Anjana Saru New Song

मकवानपुर । गायिका अञ्जना सारुको नयाँ गीत ‘तिम्रो मायाले’ सार्वजनिक भएको छ । Anjana Saru New Song द भोईस अफ नेपाल सिजन ७ की सर्वाधिक चर्चित प्रतियोगी तथा सुमधुर आवाजकी धनी अञ्जनाले शुक्रबार आफ्नै च्यानलबाट भिडियोसहित गीत सार्वजनिक गरेकी हुन् ।

शोमा दमदार प्रस्तुतिहरु दिएर तहल्का मच्चाएकी अञ्जनाले शो सकिए लगत्तै विभिन्न चर्चित गीतहरु सार्वजनिक गरेकी छिन् । यसैबिच पछिल्लो पटक सार्वजनिक भएको गीत ‘तिम्रो मायाले’ मा अञ्जनाको सुमधुर आवाजसँगै अभिनय पनि हेर्न सकिन्छ । म्युजिक भिडियोमा द भोईस अफ नेपाल सिजन ७ की अर्की चर्चित प्रतियोगी मनुमित लेप्चा र कलाकार प्रभात पल ठकुरीको अभिनय गरेका छन् ।

गीतमा द भोईस अफ नेपालमा सफलता प्राप्त गरेपछि गाउँमा फर्किएका दुई साथीहरुको कथा छ । उनीहरुको रोमाञ्चक प्रेमकथाले अन्तमा एउटा रमाईलो क्लाईमेक्स पनि देखाउँछ । पुरै कथा थाह पाउन तपाईले म्युजिक भिडियो हेर्न सक्नुहुनेछ ।

Anjana Saru New Song Details

निशान कुमालको शब्द तथा विनय कार्की क्षेत्रीको संगीत रहेको गीतका म्युजिक प्रोड्युसर संजीव सुब्बा हुन् । गीतको मिक्सिङ मास्टरिङ साजन शाहले गरेका छन् । म्युजिक भिडियोलाई गौरव गिरीले निर्देशन गरेका छन् । जेनिश तामाङको छायाँकन रहेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई आरोही बिट्सले प्रस्तुत गरेको हो ।

गायिका अञ्जना सारु द भोईस अफ नेपाल सिजन ७ को सेमिफाईनलसम्म पुग्न सफल भएकी थिईन् । उनी सिजन ७ मा चारै जना कोचको कुर्सी घुमाउने बिसौँ प्रतियोगी हुन् । पाल्पाकी अञ्जनाको प्रस्तुतिमा ब्लाईण्ड अडिसनमा कोच मेलिनाले कोच खेमलाई ब्लक गरेकी थिईन् । २७ वर्षीया अञ्जना कोच मेलिनाको टिममा थिईन् । ब्लाईण्ड अडिसनमा उनको कारुणिक प्रस्तुतिले दर्शकहरुको मन छोएकोले दर्शकहरुले वान्समोरको हुटिङ समेत गरेका थिए । त्यसपछि उनले शोमा लगातार चर्चा पाएकी थिईन् ।
हेर्नुहोस् म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्– गायिका रञ्जिता विश्वकर्माको ‘निष्ठुरी’ सार्वजनिक

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.