Murchunga TV

हेटौँडा १२ भोर्लेमा साईकल भिरबाट खस्दा २ बालक घाईते

Hetauda 12 Bhorle

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ भोर्लेमा साईकल दुर्घटना हुँदा दुई जना बालक घाइते भएका छन् । शनिबार बिहान करिब ११:२५ बजे भोर्लेबाट रमनटारतर्फ जंगलको भित्री सडक हुँदै जाँदै गरेको साईकल अनियन्त्रित भई करिब ३०/३५ मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।

Hetauda 12 Bhorle मा भएको घटनापछि के भयो ?

दुर्घटनामा गंगाराम पाख्रिनका १२ वर्षीय छोरा साजन पाख्रिन घाइते भएका छन् । उनको टाउको, मुख तथा दुवै हातखुट्टामा चोट लागेको छ र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै कुमार थापा मगरका १२ वर्षीय छोरा रोणित थापा मगरको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

Hetauda 12 Bhorle को घटनापछि अहिले अवस्था कस्तो छ ?

उनलाई CMC चुरेहिल अस्पतालमा उपचारका लागि लगिएको छ । उनी अर्धचेत अवस्थामा रहेका छन् र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साईकल साजन पाख्रिनले चलाएका थिए भने पछाडि रोणित थापा मगर सवार रहेका थिए ।

यो पनि हेर्नुहोस्– ४ जीपीए ल्याउने मकवानपुरका १३ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.