हेटौँडा । द भोईस अफ नेपाल सिजन ७ की चर्चित प्रतियोगी गायिका शितल क्षेत्रीको नयाँ गीत रिलिज हुँदैछ । ‘किन किन’ बोलको नयाँ गीत रिलिजको तयारीमा रहेको उनले बताईन् ।
गीतमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ ।
ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिष्ट शंकर लिम्बुद्वारा रेकर्ड गरिएको गीतलाई विश्व अधिकारीले एरेञ्ज गरेका हुन् । राजेश क्षेत्रीको प्रस्तुति रहेको गीतको म्यूजिक भिडियोलाई अर्जुन तिवारीले निर्देशन गरको हुन् । म्यूजिक भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी हेर्न सकिनेछ । म्युजिकज भिडियोलाई मनोज खत्रीले छायाँकन गरेका हुन् । भिडियोको सम्पादन दिन्सोन शाहले गरेका हुन् ।
सुमुधुर स्वरकी धनी शितलले द भोईस अफ नेपाल सिजन ७ बाट श्रोता दर्शकको मन जित्न सफल भएकी थिईन् । उनी कोच राजुको टिममा रहेकी थिईन् ।
