Murchunga TV

मकवानपुरका दुबै क्षेत्रमा रास्वपाको जित, प्रकाश गौतम र प्रशान्त उप्रेती विजयी

प्रकाश गौतम र प्रशान्त उप्रेती विजयी

हेटौँडा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर–१ मा प्रकाश गौतम र क्षेत्र नम्बर–२ मा प्रशान्त उप्रेती विजयी भएका हुन्।

क्षेत्र नम्बर–१ मा रास्वपाका प्रकाश गौतमले ३६ हजार ०३३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले १४ हजार ०३८ मत प्राप्त गरेकी छन्।

त्यस्तै नेकपा एमालेका रामेश्वर राना मगरले १२ हजार ७८३ मत, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतमले १० हजार ७८८ मत, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले ४ हजार ५७४ मत तथा श्रम संस्कृति पार्टीकी **विद्या श्रेष्ठ (महर्जन)**ले ८९९ मत प्राप्त गरेकी छन्।

क्षेत्र नम्बर–२ मा रास्वपाका प्रशान्त उप्रेतीले ३० हजार ०५० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेशकुमार बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ०५६ मत, नेपाली कम्युनिस्ट पार्टीका लवशेर विष्टले १२ हजार ४९२ मत तथा उज्यालो नेपाल पार्टीका प्रवीनकुमार स्याङ्तानले ६ हजार २३६ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारतर्फ श्रम संस्कृति पार्टीका युनेश लामा सिंतानले ९३२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर थोकरले ७८५ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का राम घलानले ३६१ मत तथा मंगोल नेशनल अर्गनाइजेसनका हिरालाल स्याङ्तानले २६० मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय जनमोर्चाका नीरबहादुर सिंतानले १३१ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोष विष्टले ७२ मत, संयुक्त नागरिक पार्टीका शुभराज प्रजाले ५७ मत, नेपाल मजदुर किसान पार्टीका सरोज तामाङले ४२ मत, आम जनता पार्टीका सूर्य राईले २३ मत, जनता समाजवादी पार्टीका छविलाल वाइबाले १५ मत र नेशनल रिपब्लिक नेपालका सुर्य तामाङ बलले १४ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवारतर्फ सितामाया बलले २०४ मत, प्रतीक्षा बानियाँले २१ मत, अमृत बलले १२ मत, कृष्णराम श्रेष्ठले ७ मत तथा रमेश आचार्यले २ मत प्राप्त गरेका छन्।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.