Murchunga TV

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को शीर्षक गीत सार्वजनिक

Tamang Movie Ngala Semjo

मकवानपुर । तामाङ भाषाको कथानक चलचित्र ‘ङाला सेम्जो’ (Tamang Movie Ngala Semjo) को शिर्ष गीत सार्वजनिक भएको छ । तामाङ र नेपाली भाषा मिश्रित यो गीतलाई एचएमएम मिडिया मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा अर्पण थिङ तामाङ र सुमिना लोको सुमधुर स्वर सुन्न सकिन्छ । गीतका शब्द सागर दोङले रचना गरेका हुन् भने संगीत अर्पण थिङ तामाङकै रहेको छ । गीतको संगीत संयोजन पवन वाङ लामाले गरेका हुन् ।
Tamang Movie Ngala Semjo

च्र्चित नायक तथा निर्देशक हुत्त सञ्जय लामाको कथा तथा निर्देशनमा तयार भएको यस चलचित्रको शिर्ष गीतको म्यूजिक भिडियोमा मुख्य कलाकारका रूपमा ईश्वर लामा र सुनिता लुङ्वा फिचर भएका छन् ।

गोविन्द प्रभातको नृत्य निर्देशन रहेको भिडियोलाई कृष्ण ब्लोनले छायांकन तथा मेकबहादुर थापाले सम्पादन गरेका हुन् । भिडियोमा जानु आलेको शृङ्गार रहेको छ । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्–

तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाईटल गीत सार्वजनिक हुने

मकवानपुरे गायक जनक लामाको ‘माछी खोलीमा’ सार्वजनिक

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.