Murchunga TV

सिद्धार्थ ल क्याम्पस हेटौँडामा उत्कृष्ट नतिजा

Siddhartha Law Campus Hetauda

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापन र सञ्चालनमा रहेको मकवानपुरकै पहिलो कानुन संकायको क्यामपस ‘सिद्धार्थ ल क्याम्पस’ (Siddhartha Law Campus Hetauda) ले आफ्नो शैक्षिक यात्रामा ऐतिहासिक सफलता हासिल गरेको छ। क्याम्पसको BALLB प्रथम वर्षको परीक्षामा सहभागी कुल २७ जना विद्यार्थीमध्ये २० जनाले उत्कृष्ट नतिजा ल्याउँदै सफलता प्राप्त गरेका हुन्।

यस उल्लेखनीय उपलब्धिप्रति हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले एक सन्देश जारी गर्दै खुसी व्यक्त गर्नुभएको छ। उहाँले सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको छ।

नगर प्रमुख लामाले व्यक्त गर्नुभएको बधाई सन्देश:

हेटौडा उपमहानगरपालिकाको व्यवस्थापन तथा सञ्चालनमा रहेको मकवानपुर जिल्लाकै पहिलो कानुन संकायअन्तर्गत BALLB प्रथम वर्षको परीक्षामा सहभागी २७ जना विद्यार्थीमध्ये २० जना विद्यार्थीले उत्कृष्ट नतिजासहित सफलता हासिल गर्नुभएको सुखद समाचारले सम्पूर्ण मकवानपुरबासीहरुलाई गौरवान्वित बनाएको छ।

यस उल्लेखनीय उपलब्धिका लागि सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु। साथै, विद्यार्थीहरूको शैक्षिक उन्नयनमा समर्पित आदरणीय शिक्षकवर्ग, सञ्चालकज्यूहरू, अभिभावक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछु।

यो सफलता केवल परीक्षाको नतिजा मात्र नभई गुणस्तरीय कानुनी शिक्षाप्रतिको समर्पण, अनुशासन, परिश्रम र सामूहिक प्रतिबद्धताको सशक्त प्रतिफल हो। यस उपलब्धिले मकवानपुरमा कानुनी शिक्षाको विकास र संस्थाको गरिमालाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएको छु।
आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट शैक्षिक उपलब्धिहरू हासिल गर्दै संस्थाले राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

– मीनाकुमारी लामा
नगर प्रमुख
हेटौडा उपमहानगरपालिका
यो पनि हेर्नुहोस्–
दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन अब समितिको जिम्मामा

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.