Murchunga TV

हेटौँडाको कर्रा खोलामा बाढीले ट्रक बगायो

Hetauda Karra Khola

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, हटियास्थित कर्रा खोलामा आएको बाढीले एउटा खाली ट्रक बगाएको छ। आज (सोमबार) बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिकको खोला तर्ने क्रममा अचानक पानीको बहाव बढेपछि ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगेको हो।

सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरेर फर्किने क्रममा ह्युम पाइप राखेर बनाइएको कल्भर्टबाट ट्रक पार गर्न खोज्दा सो घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर आफैँ बाहिर निस्किन सफल भएका छन्। खुट्टामा सामान्य चोट लागेका उनको अहिले चौघडास्थित राजु मेडिकलमा उपचार भइरहेको छ।
Hetauda Karra Khola
घटनास्थलमा अस्थायी प्रहरी पोष्ट हटिया तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले उद्धार र आवश्यक प्रक्रिया अघि बढाएको छ। उक्त घटनामा अन्य कुनै मानवीय क्षति नभएको र बाढीले बगाएको ट्रक खोलामै अड्किएको अवस्थामा रहेकोले त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।
यो पनि हेर्नुहोस्– हेटौँडा उपमहानगरबाटै प्यान र भ्याट सेवा सुरु

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.