हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ मा सुक्रिशा घिमिरे (Sukrisha Ghimire The Voice Kids) ले २ जना चारै कोचको कुर्सी घुमाएका प्रतियोगीहरुसँग दमदार ब्याटल गरेकी छिन् । उनले चारै कोचको कुर्सी घुमाएका मेरिल राई र स्विकृति निरौँलासँग ब्याटल भिडेकी हुन् । उनीहरुले कोच मिलनको टिमबाट ब्याटल भिडेका थिए । कोचले मेरिललाई छानेपछि सुक्रिशा र स्विकृति शोबाट बाहिरिएका छन् ।

सुक्रिशा द भोइस किड्स नेपाल सिजन ५ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएकी अड्तिसौँ प्रतियोगी हुन् । १० वर्षीया सुक्रिशा ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नमबर २ पलापुरकी हुन् । उनले ब्लाईण्ड अडिसनमा कोच मिलन र कोच वाङ्देनको कुर्सी घुमाउन सफल भएकी थिईन् । उनी कोच मिलनको टिममा थिइन् ।
यो पनि हेर्नुहोस्– मेरिल राईले जितिन् ब्याटल राउण्ड
Facebook Comments Box
Post Views: 37


























