Murchunga TV

मेरिल राईले जितिन् ब्याटल राउण्ड

Meril Rai The Voice Kids Nepal

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ को ब्याटल राउण्डमा कोच मिलन नेवारको टिमबाट मेरिल राई (Meril Rai The Voice Kids Nepal) ले ब्याटल जितेकी छिन् । उनले टिम मिलनकै सुक्रिशा घिमिरे र स्विकृति निरौँलासँग ब्याटल भिडेकी थिईन् । यी दुई प्रतियोगीहरुलाई कोचहरुले स्टिल डिल प्रयोग नगरेपछि शोबाट बाहिरिएका छन् ।

Meril Rai The Voice Kids Nepal

मेरिल सिजन ५ मा चारै कोचको कुर्सी घुमाउने पाँचौँ प्रतियोगी हुन् । उनी कोच मिलनको टिममा छिन् । खोटाङकी मेरिल १२ वर्षकी छिन् । उनीसँग ब्याटल भिडेकी सुक्रिशाले २ कोच र स्विकृतिले ४ कोचको कुर्सी घुमाएकी थिईन् ।

मेरिलले स्कूलको गीतमा समेत आवाज दिएकी छिन् । आफ्नी आमाबाट लोकगीत गाउन सिकेकी मेरिल सुरुमा नृत्यमा रुचि राख्थिन् । तर पछि उनी गायनमा सक्रिय भईन् । उनी अध्ययनमाभन्दा गायनमा बढी रुचि राख्ने गरेको उनका अभिभावक बताउँछन् ।

यो पनि हेर्नुहोस्– सगुन पौडेलले जितिन् ब्याटल
फोर चेयर टर्न २ प्रतियोगीसँग दिपान्शी शर्मा दाहालको कडा ब्याटल

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.