हेटौँडा । गायक अंकित गिरीको नयाँ गीत ‘दुनियाँले सलाम गर्छ’ (Ankit Giri New Song Duniyale Salam Garchha) सार्वजनिक भएको छ । अंकितको गीत कलाकार सुनिल कठायतको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

Ankit Giri New Song Audio Team
अंकितको आवाज रहेको गीतलाई रोशन विश्वकर्माले लेखेका हुन् । सुवाश कार्की (कार्कीजी) को संगीत रहेको गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका छन् । गीतलाई कुमार रानाले मिक्सिङ मास्टरिङ गरेका हुन् ।

Ankit Giri New Song Video Team
म्युजिक भिडियोमा सुनिल कठायत, एलिना रायमाझी, अनिल बोहरा लगायतका कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियोमा धोका पाएका एक प्रेमी र प्रेमिकाको कथा छ । तर कथाको क्लाईमेक्स दर्शकहरुले नसोचेको बिन्दुमा गएर टुङ्गिन्छ । यसको कथा चलचित्रको भन्दा कम छैन । त्यसैले पनि यस गीतको फिमेल भर्सन पनि सार्वजनिक गर्ने तयारी गरिएको छ ।
भिडियोको कथा भिडियोकै निर्देशक विक्रम चौहानले तयार पारेका हुन् । महेश महरा र टिमको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई लक्ष्मण चौहानले सम्पादन तथा पोष्टर डिजाईन गरेका हुन् । म्युजिक भिडियोको कलर ग्रेडिङ मीन रावलले गरेका छन् । हेर्नुहोस् भिडियो–
यो पनि हेर्नुहोस्–
गायक अंकित गिरीको ‘प्रेम यस्तो होस्’ सार्वजनिक
रञ्जिता विश्वकर्माले खेम सेञ्चुरीसँग मिलेर ल्याईन् ‘फुलजस्तै पयालै’






















