हेटौँडा । गायिका रञ्जिता विश्वकर्माको नयाँ लोकदोहोरी गीत ‘फुलजस्तै पयालै’ सार्वजनिक भएको छ । रञ्जिताकै युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा चर्चित गायक खेम सेञ्चुरीले उनलाई साथ दिएका छन् । रञ्जिता र खेमको आवाजले सार्वजनिक भएको केही समयमै गीतलाई चर्चित बनाएको छ ।
द भोईस अफ नेपाल सिजन ७ मा सर्वाधिक चर्चित बनेकी रञ्जिता शोमा प्रतियोगीका रुपमा र गायक खेम सेञ्चुरी उही शोमा कोचका रुपमा थिए । प्रतियोगी र कोचबिचको यो सहकार्यले दर्शकहरुको मन जित्न सफल भईसकेको छ ।
Ranjita Bishwakarma New Song ‘फुलजस्तै पयालै’ Audio Team
गीतको शब्द विक्रमबाबु विश्वकर्माले लेखेका हुन् । असिम चन्द्र विश्वकर्माको संगीतमा तयार भएको गीतलाई एचबिएन किस्मतले एरेञ्ज तथा मिक्सिङ मास्टरिङ गरेका हुन् ।
Ranjita Bishwakarma New Song ‘फुलजस्तै पयालै’ Video Team
म्युजिक भिडियोमा चर्चित गायक तथा नायक प्रकाश सपुत, चर्चित कलाकार अञ्जली अधिकारी र एकिन्द्र सारा शंकरले अभिनय गरेका छन् । म्युजिक भिडियोका निर्देशन तथा कोरियोग्राफी पनि एकिन्द्र सारा शंकरले नै गरेका हुन् । म्युजिक भिडियोका सिनेम्याटोग्राफर नवराज उप्रेती हुन् । म्युजिक भिडियोलाई अशिम चन्द्र विश्वकर्माले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–
यो पनि हेर्नुहोस्– गायिका रञ्जिता विश्वकर्माको ‘निष्ठुरी’ सार्वजनिक
