Murchunga TV

गायिका रञ्जिता विश्वकर्माको ‘निष्ठुरी’ सार्वजनिक

Ranjita Biswakarma New Song

मकवानपुर । गायिका रञ्जिता विश्वकर्माको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ। यो नयाँ गीत (Ranjita Biswakarma New Song) रञ्जिताकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

Ranjita Biswakarma New Song को ‘निष्ठुरी’ गीतको टिम

होम थापाको शब्द र दिपकराज विश्वकर्माको संगीतमा तयार भएको गीतमा रञ्जिताको कारुणिक आवाज छ । गीतले निष्ठुरी प्रेमीको दर्दनाक पिडा भोगेकी प्रेमिकाको कथा भन्छ । पुष्कर सुनुवारको एरेञ्ज रहेको गीतलाई दिपकराज विश्वकर्माले मिक्सिङ मास्टरिङ गरेका छन् ।

म्युजिक भिडियो निर्माण र निर्देशन

रञ्जिताकै आवाज र अभिनय रहेको म्युजिक भिडियोलाई मुकेश नेपालीले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा रेशम दर्लामीको सिनेम्याटोग्राफी छ । म्युजिक भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् म्युजिक भिडियो–

रञ्जिताको यो भिडियोलाई दर्शकहरूले निकै रुचाएका छन्। यदि तपाईं पनि यो नयाँ गीत (Ranjita Biswakarma New Song) हेर्न चाहनुहुन्छ भने माथिको भिडियो प्ले गरेर हेर्न सक्नुहुन्छ।

यो पनि पढ्नुहोस्– द भोईस अफ नेपालमा रञ्जिता विश्वकर्माले बनाईन् ३ रेकर्ड

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.