Murchunga TV

द भोईस अफ नेपाल सिजन ८ मा दर्शकले पनि ब्लाईण्ड अडिसन दिने मौका

द भोईस अफ नेपाल सिजन ८

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ छायाँकन हेर्न पुगेका दर्शकहरुले द भोईस अफ नेपाल सिजन ८ को ब्लाईण्ड अडिसन दिने मौका पाउने भएका छन् । द भोईस अफ नेपाल टिमले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो जानकारी दिएको हो ।

द भोर्ईस अफ नेपाल टिम अनुसार द भोईस किड्सको सेटभमा छायाँकनमा पुगेका दर्शकहरुमध्येबाट प्रत्येक दिन केही दर्शकहरुले अडिसन दिन पाउनेछन् । छानिएकाहरुलाई ब्लाईण्ड अडिसनमा सहभागी गराईनेछ ।

गत वर्ष द भोईस अफ नेपाल सिजन ७ कै ब्लाईण्ड अडिसन हेर्न पुगेका दर्शकहरुले सोही सिजनको ब्लाईण्ड अडिसनमै सहभागी हुने मौका पाएका थिए । शोमा सर्वाधिक चर्चित भएकी गायिका रञ्जिता विश्वकर्मा र विक्रम कार्की दर्शकमाझबाटै सहभागी हुँदै छनौट भएर ब्लाईण्ड अडिसनमा पुगेका थिए । उनीहरुले शोमा तहल्का मच्चाएका थिए ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.