Murchunga TV

सालको चिरान काठसहित हेटौंडामा ‘योद्धा’ पिकअप नियन्त्रण

हेटौंडा

हेटौंडा । मकवानपुर प्रहरीले अवैध रूपमा ओसारपसार हुँदै गरेको सालको चिरान काठसहित एउटा ‘योद्धा’ पिकअप गाडी नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले शुक्रबार राति करिब १ः३५ बजे हेटौंडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको बा २० च १८६१ नम्बरको पिकअप गाडीलाई शंकास्पद अवस्थामा रोकेर जाँच गर्न खोजेको थियो।

प्रहरीको संकेत बेवास्ता गर्दै गाडी भागेपछि टोलीले पछ्याएको थियो। त्यसक्रममा हेटौंडा–२ सानोपोखरा चोक नजिकको भित्री सडकखण्डबाट ७२.५९ क्यू फिट सालको चिरान भएको चारपाटे काठसहित उक्त पिकअप नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद काठ र गाडी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हेटौंडा पठाइएको छ। घटनापछि चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.