हेटौँडा । गायिका उषा गजुरेलको आवाजमा नयाँ गीत ‘कोइली’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई पुष्कर खत्रीले एरेञ्ज गरेका हुन् ।
गीतलाई किशोर थापाले मिक्सिङ मास्टरिङ गरेका हुन् । म्युजिक भिडियोलाई गायिका गजुरेलकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सम्राट दाहाल निर्माता रहेको म्युजिक भिडियोलाई नारायण मगरले निर्देशन र सम्पादन गरेका छन् । म्युजिक भिडियोमा सुमन तामाङको सिनेम्याटोग्राफी हेर्न सकिन्छ ।
म्युजिक भिडियोमा एक कलाकारले अपरेशनको कारण गीत गाउन नपाउँदाको पिडा देखाइएको छ । त्यसबिचमा भएको गायिकाको संघर्षलाई म्युजिक भिडियोले उतारेको छ ।
म्युजिक भिडियोमा गायिका उषा गजुरेलसँगै मनोज थापा, कौशल दंगाल, उत्सव ढुङ्गेल र सविना केसीले अभिनय गरेका छन् । हेर्नुहोस् भिडियो–