हेटौँडा । गायिका उषा गजुरेलको ‘पप्पी दिउ न’ बोलको गीत टिकटकमा अहिले चर्चामा छ । उषाकै युट्युब च्यानलबाट ८ महिनाअघि सार्वजनिक भएको यो गीतले अहिले टिकटकमा तहल्का मच्चाएको हो ।
गीतमा गायिका उषा गजुरेलकै शब्द, संगीत र आवाज रहेको छ । गीतलाई श्यामस्वेत रसाईलीले एरेञ्ज, मिक्सिङ मास्टरिङ गरेका हुन् ।
म्यूजिक भिडियोमा सुन्दर घलान र जुना विश्वकर्माको अभिनय रहेको छ । मौसम हिमालीको कोरियाग्राफी तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन तथा नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।
Facebook Comments Box