Murchunga TV

हेटौँडा उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना’ घोषित

हेटौँडा उपमहानगरपालिका

हेटौँडा । हेटौँडा उपमहानगरपालिकालाई एक विशेष समारोहका बीच ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना’ उपमहानगरका रूपमा औपचारिक घोषणा गरिएको छ। स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायको अथक प्रयास तथा सहकार्यले हेटौँडाले स्वास्थ्य क्षेत्रमा यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो। नगरभित्रका १५ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकाहरूले सरकारले तोकेका सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित भएसँगै अबका दिनमा पनि यसलाई पूर्ण रूपमा निरन्तरता दिने प्रतिबद्धतासहित यो घोषणा गरिएको हो।

घोषणा समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान तथा उपस्थित जनप्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रमा हेटौँडाले ऐतिहासिक फड्को मारेको बताउनुभयो। बालबालिकाको स्वास्थ्य नै नगरको भविष्य भएको उल्लेख गर्दै उहाँहरूले यो घोषणा केवल औपचारिकता नभई आगामी पुस्तालाई महामारी र गम्भीर रोगहरूबाट सुरक्षित राख्ने साझा सङ्कल्प भएको स्पष्ट पार्नुभयो।
हेटौँडा उपमहानगरपालिका
यस उपलब्धिमा पुग्नका लागि उपमहानगरपालिकाका सबै १९ वटै वडामा व्यापक घरधुरी सर्वेक्षण र सूक्ष्म अनुगमन गरिएको थियो। स्वास्थ्य शाखाका अनुसार कुनै पनि बालबालिका खोप पाउनबाट नछुटुन् भन्ने उद्देश्यले स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरू टोल-टोलमा पुगेर बालबालिकाहरूको अवस्थाबारे जानकारी लिएका थिए। यस घोषणासँगै हेटौँडा उपमहानगरपालिकाले आफ्ना बालबालिकाहरूको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्दै स्वस्थ नगर निर्माणको यात्रामा अर्को महत्त्वपूर्ण पाइला अघि बढाएको छ।

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.