माया गर्नेहरुको मन छुने गीत ‘बर पिपलु’ सार्वजनिक
हेटौंडा । गायक तथा पत्रकार बलराम पुडासैनी र गायिका बिना राईको आवाजमा ‘बर–पिपलु’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ । गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो । गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ । प्रेममा पर्ने युवायुवतीहरुको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतरचढाव…