Murchunga TV

गायक सिद्धान्त खड्का र मनिश लिम्बुको ‘तिमी मेरो शब्द’ सार्वजनिक

तिमी मेरो शब्द

मकवानपुर । गायक तथा संगीतकार सिद्धान्त खड्का र गायक मनिश लिम्बुको आवाजमा ‘तिमी मेरो शब्द’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साईराम पिक्चर्सको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गायक खड्काकै शब्द, संगीत, एरेञ्ज तथा मिक्सिङ–मास्टरिङमा गीत तयार भएको हो । रोमान्टिक शब्दमा र्याप समेत मिसिएको यो गीतमा रत्न विकले बाँसुरीको धुन मिसाएका छन् ।

गीतको म्युजिक भिडियोमा संयोग राईको निर्देशन तथा सम्पादन रहेको छ । भिडियोमा मनिक लिम्बुको सिनेम्याटोग्राफी हेर्न सकिन्छ । गीतको म्यूजिक भिडियोमा गायकद्वय सिद्धान्त र मनिशसहित अन्य कलाकारहरुले अभिनय गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.