Murchunga TV

द भोईस अफ नेपालमा रञ्जिता विश्वकर्माले बनाईन् ३ रेकर्ड

रञ्जिता विश्वकर्मा

चन्द्र घलान, मकवानपुर, १ पुस । द भोईस अफ नेपाल सिजन ७ की चर्चित प्रतियोगी रञ्जिता विश्वकर्माले शोमा लगातार ३ वटा रेकर्ड कायम गरेकी छिन् । शोको ब्लाईण्ड अडिसनमै चर्चित बनेकी रञ्जिताले शोको ब्याटल राउण्डमा आउँदा थप तहल्का मच्चाईन् । शोमा दुई वटा प्रस्तुति मात्रै दिएकी रञ्जिताले ३ वटा रेकर्ड बनाएकी छिन् । उनले कुन कुन रेकर्ड कायम गरिन् ? आउनुहोस् उनले बनाएका रेकर्डहरुबारे चर्चा गरौँ ।

रेकर्ड नम्बर १– द भोईस अफ नेपाल सिजन ७ मा रञ्जिताले पहिलो रेकर्ड ब्लाईण्ड अडिसनमा बनाएकी थिईन् । उनी द भोईस अफ नेपालकै ईतिहासमा अडियन्सबाट छानिएर ब्लाईण्ड अडिसनमा सहभागी भएकी पहिलो प्रतियोगी हुन् । शोको डिजिटल अडिसन छुटेता पनि उनी शोको ब्लाईण्ड अडिसनको शुटिङ हेर्न पुगेकी थिईन् । द भोईसको नयाँ नियम अनुसार अडियन्सबाट पनि प्रतियोगी छानिने भएपछि उनले पनि गीत गाउने मौका पाएकी थिईन् । त्यसरी शुटिङमै गीत गाएर छानिएका केही प्रतियोगीहरुमध्ये रञिजता ब्लाईण्ड अडिसनका लागि पनि छानिएकी थिईन् । यो उनको पहिलो रेकर्ड थियो । उनले ब्लाईण्ड अडिसनमा ४ कोचहरुको कुर्सी घुमाएकी थिईन् ।

रेकर्ड नम्बर २ र ३– द भोईस अफ नेपाल सिजन ७ मा रञ्जिताले दोस्रो र तेस्रो रेकर्ड ब्याटल राउण्डमा बनाएकी थिईन् । उनले बनाएको दोस्रो रेकर्ड तिनै कोचहरुको स्टिल र कोच प्रमोदको सेभ बर्जर रेकर्ड हो । ब्याटल राउण्डमा सांगितिक दुनियाँकै मिल्ने साथी विक्रम कार्कीसँग ब्याटलमा पराजित भएपछि शोमा अगाडि बढ्ने रञ्जिताको सपना लगभग टुटेको थियो । तर उनले सरप्राईज पाईन् । उनलाई उनको कोच प्रमोदले सेभ बर्जर दबाए साथै अन्य ३ कोचहरुले पनि उनलाई स्टिल बर्जर दबाए । यसरी तिनै कोचहरुको स्टिल र आफ्नै कोचबाट सेभ बर्जर समेत एकैसाथ पाएकी उनी एकमात्र प्रतियोगी हुन् । उनी कोच प्रमोदकै टिममा फर्किएकी छिन् ।

द भोईस अफ नेपाल सिजन ७ मा चारै जना कोचको कुर्सी घुमाउने आठौँ प्रतियोगी हुन् उदयपुरकी रञ्जिता विश्वकर्मा । उनी नकआउटका लागि छानिएकी छैटौँ प्रतियोगी बन्न सफल भएकी छिन् । २१ वर्षीया रञ्जिता गायनमा सक्रिय छिन् । हेर्नुहोस् भिडियो-

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.