सगुन पौडेलले जितिन् ब्याटल
हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ को पहिलो ब्याटल कोच सत्यको टिमबाट सगुन पौडेलले जितेकी छिन् । उनले कोच सत्यकै अर्का २ प्रतियोगीहरु दिपान्शी शर्मा दाहाल र आराध्या पण्डितलाई ब्याटलमा पराजित गर्दै लाईभ राउण्डका लागि छनौट भएकी हुन् । उनले ब्लाईण्ड अडिसनमा चारै कोचको कुर्सी घुमाएकी थिईन् । सगुनसँग ब्याटल भिडेकी दिपान्शीले एक कुर्सी र आराध्याले चार कोचको कुर्सी घुमाएकी थिईन् । कोच सत्यले आराध्यालाई कोच अर्जुनलाई सुपर ब्लक गर्दै आफ्नो टिममा लिएका थिए । कोचहरुले स्टिल पावर प्रयोग नगर्दा यी दुबै प्रतियोगी शोबाट बाहिरिएका छन् । Sagun Poudel Battle Round The Voice Kids Nepal Season 5 द…