मकवानपुर । गायक सिद्धान्त खड्काको आवाजमा ‘मसक्क मस्किएर’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक खड्काकै युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो ।
नन्दु गुरुङ र गायक खड्काकै शब्द समावेश गीतमा सिद्धान्तले नै संगीत भर्नुका साथै एरेञ्ज पनि गरेका छन् ।
गीतको म्युजिक भिडियोमा संयोग राईको सिनेम्याटोग्राफी र सम्पादन रहेको छ । भिडियोलाई सिद्धान्त र संयोगले निर्देशन गरेका हुन् । हेर्नुहोस् म्युजिक भिडियो–