पिडाको भुङ्ग्रोबाट खारिएको सुमधुर आवाज–ईन्द्रकला राई (भिडियो)

Indrakala Rai The Voice Of Nepal Season 6

चन्द्र घलान,मकवानपुर । सुमधुर आवाजकी धनी गायिका ईन्द्रकला राई यतिखेर थप चर्चामा छिन्, कारण हो द भोईस अफ नेपाल गायन रियालिटी शोको सिजन ६ मा उनको ब्लाईण्ड अडिसन ।

उनी सिजन ६ को ब्लाईण्ड अडिसनबाट छानिएकी बाह्रौँ प्रतियोगी हुन् । साथै उनी सिजन ६ मा चारै कोचको कुर्सी घुमाउने पाँचौँ प्रतियोगी पनि हुन् । २१ वर्षीया इन्द्रकलाको आवाज जति सुमधुर छ उनको जीवनको संघर्षको कथा भने अझै निक्कै पिडादायी छ । आमाबुवाको डिभोर्स भएपछि उनको परिवारको जिम्मा उनमा आएको छ । ४ दिदी बहिनी रहेकी उनले बालुवा बोक्नेदेखि फाईनान्स सम्मको काम पनि गरिन् । ती संघर्षका दिनहरु बिताएर लाईभ म्युजिकमा पनि पाईला टेकेकी उनी हाल गीत रेकर्डिङमा व्यस्त छिन् ।

नेपाली चलचित्रहरुमा पाश्र्व गायनमार्फत चर्चित भएकी ईन्द्रकलाको पछिल्लो समय चलिचत्र दिमाग खराबको ‘हितैको माया’ बोलको गीत भाइरल समेत भएको थियो । उनले गायक सुशान्त केसीको बार्दली बोलको गीतका साथै बेहुली फ्रम मेघौली चलचित्रको ‘उडायो मन’ बोलको गीत पनि गाएकी छ्नि । कभर गीतसँगै टिकटक हुँदै गायन क्षेत्रमा लाग्न सुरु गरेकी उनी अहिले चर्चामा छिन् । उनी कोच खेमको टिममा छिन् । खोटाङमा जन्मिएकी उनी सानैदेखि काठमाडौँ जोरपाटीमा बस्दैछिन् ।

द भोईस अफ नेपालमा उनको प्रस्तुति सार्वजनिक भएसँगै उनले फेसबुक पोष्टमार्फत त्यसबेला आफ्नो अनुभवका बारेमा लेखेकी छिन् । उनी आफ्नो पोष्टमा लेख्छिन्–‘जीन्दगीमा नलाग्ने डर, यो समयमा लागेको थियो । स्वास्थ्यले पनि साथ नदिँदा नदिँदै प्रयास गरेकी छु । आफुलाई एउटा अनुभव बटुल्ने अवसर मिल्यो, आभारी छु । हामी कलाकारहरुको लागि स्टेज सानो ठूलो हुँदैन भन्ने सोचले सानो पाईला चालेकी छु । हजुरहरुको माया सधैँ यस्तै पाईराख्न पाउँ ।’

पिडाको भुङ्ग्रोबाट खारिएर निस्किएको उनको सुमधुर आवाजले अहिले लाखौँ दर्शकको मन जितिरहेको छ । गीतहरु चर्चित भए पनि गायक गायिकाहरु चर्चित नहुने समयमा उनले द भोईस अफ नेपालमार्फत आफुलाई चिनाएकी छिन् । उनी जस्तै अरु पनि चर्चित गायक गायिकाहरुको रियालिटी शोमा प्रवेश भएको कुराले गीत मात्रै होईन मान्छे पनि चर्चित हुनुपर्ने रहेछ भन्ने पाठ सिकाएको छ । उनको आवाजलाई चिन्नेहरुले अहिले उनको मुहार पनि चिनेका छन् । उनी भोईसको यात्रामा कहाँसम्म पुग्छिन् थाह छैन तर साँगितिक यात्रामा भने उनी निक्कै अगाडि पुगिसकेकी छिन् । हेर्नुहोस् भिडियो–

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.