‘मिस तामाङ पोखरा २०२५’ का उत्कृष्ट ११ प्रतियोगीहरु (भिडियो)

Miss Tamang Pokhara 2025

मकवानपुर, २ माघ । मिस तामाङ पोखरा २०२५ को फाईनल आउँदो माघ १२ गते शनिबार हुँदैछ । बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष गरिँदै आएको मिस तामाङ पोखराको यो नवौँ संस्करण हो । प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा हुने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले जानकारी दिइन् । कार्यक्रममा साँस्कृति झाँकी प्रदर्शनीका साथै मिस तामाङ पोखरा २०२५ का प्रतियोगीहरुबिच प्रतिस्पर्धा हुनेछ । साथै शोमा चर्चित व्यक्तित्वहरु पनि सहभागी हुनेछन् ।

मिस तामाङ पोखरा २०२५ मा यस वर्ष ११ जना तामाङ सुन्दरीहरुले सहभागिता जनाएका छन् । विभिन्न विधाको प्रशिक्षणमा सहभागी भएका प्रतियोगीहरु फाईनल भिडन्तको लागि तयार भएका छन् । यस भिडियो सामग्रीमा मिस तामाङ पोखरा २०२५ मा सहभागी भएका ११ जना प्रतियोगीहरुका बारेमा छोटकरीमा चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो–

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.