Murchunga TV

हेटौँडामा ११० जनालाई निःशुल्क तालिम, यसरी हुनुहोस् सहभागी

हेटौँडामा ११० जनालाई निःशुल्क तालिम

हेटौंडा । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय, हेटौंडाले विभिन्न व्यावसायिक सीप विकास तालिमका लागि आवेदन खुला गरेको छ। साउन महिनादेखि सञ्चालन हुने यी तालिमहरूमा कुल ११० जनालाई सहभागी गराइनेछ।

विभिन्न क्षेत्रका बेरोजगार तथा इच्छुक नेपाली नागरिकलाई लक्षित गर्दै सुरु गरिन लागेको तालिमहरू निःशुल्क प्रदान गरिने छन्। आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रहेको छ।

उपलब्ध तालिमहरू र सिट संख्या:
कम्प्युटर सफ्टवेयर (६ महिने, ७३० कार्य घण्टा)
न्यूनतम योग्यता: SLC/SEE पास | सिट संख्या: २०

जनरल मेकानिक्स (३ महिने, ३९० कार्य घण्टा)
न्यूनतम योग्यता: कक्षा ८ उतीर्ण | सिट संख्या: १०

केश श्रृंगार तथा सौन्दर्य वेसिक (३ महिने)
न्यूनतम योग्यता: कक्षा ८ उतीर्ण | सिट संख्या: २०

प्लम्बिङ्ग (३ महिने)
न्यूनतम योग्यता: कक्षा ८ उतीर्ण | सिट संख्या: २०

सिलाई कटाई वेसिक (३ महिने)
न्यूनतम योग्यता: कक्षा ८ उतीर्ण | सिट संख्या: २०

इलेक्ट्रोनिक्स मर्मत (३ महिने)
न्यूनतम योग्यता: कक्षा १० उतीर्ण | सिट संख्या: २०

अन्तर्वार्ता मिति:
जनरल मेकानिक्स: २०७९/०४/२१, बिहान ११ बजे
केश श्रृंगार तथा सौन्दर्य वेसिक: २०७९/०४/२२, बिहान ११ बजे
सिलाई कटाई वेसिक: २०७९/०४/२३, बिहान ११ बजे
(अन्य तालिमहरूको अन्तर्वार्ता मिति पछि सार्वजनिक गरिनेछ)

आवेदन दिने तरिका:
इच्छुक व्यक्तिहरूले आवेदन फारम सामाजिक विकास कार्यालय हेटौंडा–८, कमानेस्थित तालिम भवनबाट प्राप्त गर्न सक्नेछन् वा www.sdohetauda.bagamati.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
फारममा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी २०७९/०४/१९ गतेभित्र बुझाउनु पर्नेछ। (यदि सो दिन बिदा परेमा भोलिपल्ट)

प्राथमिकता पाउने समूह:
दलित
विपन्न
महिला
पिछडिएको वर्ग
अपाङ्गता भएका व्यक्ति
जनआन्दोलनका घाइते तथा सहिद परिवार
एकल महिला

अन्य जानकारी:
सहभागीको उमेर १६ देखि ४० वर्ष बीचको हुनुपर्नेछ।
तालिम पूर्ण रूपमा निःशुल्क हुनेछ।
छनौट प्रक्रिया अन्तर्वार्तामार्फत हुनेछ।
तालिमपश्चात रोजगार वा स्वरोजगारमा संलग्न हुने सम्भावना बढ्ने अपेक्षा गरिएको छ।

सम्पर्क:
सामाजिक विकास कार्यालय, हेटौंडा, मकवानपुर
फोन: ०५७–४१२७१६
कार्यालय प्रमुख: गोपाल प्रसाद कँडेल

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.