मकवानपुर । वागेश्वरी टोल विकास संस्थाको आयोजनामा हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीको खेल मैदानमा शनिबारबाट जारी सहिद स्मारक प्रिमियर लिग नवलपुर टाइटन्सले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा नवलपुर टाइटन्सले गोल्फिन्टार किङ्सलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर नवलपुर टाइटन्सले पहिला फिल्डिङ रोजेपछि गोल्फिन्टार किङ्सले १९ ओभरमा १० विकेटको क्षतिमा ९१ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको नवलपुर टाइटन्सले १० ओभरमा २ विकेटको क्षतिमा बिजयी लक्ष्य पुरा गरेको हो । फाइनल खेलमा म्यान अफ द म्याच नवलपुर टाइटन्सका असिम श्रेष्ठ घोषित भए । उनले नगद रु १ हजार प्राप्त गरे ।
प्रतियोगितामा बिजेता टोली नवलपुर टाइटन्सले नगद रु ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको गोल्फिन्टार किङ्सले रु २५ हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगिाताको बेष्ट बलर थानाभ¥याङ म्याव्रिक्सको अहमद राजा र बेष्ट ब्याट्सम्यान नवलपुर टाइटन्सका यूविन बुढाथोकीले नगद रु ५÷५ हजार प्राप्त गरे भने म्यान अफ द सिरिज हुदै गोल्फिन्टार किङ्सका रमेश लुइटेलले रु १० हजार प्राप्त गरे ।
जारी लिगमा गोल्फिन्टार किङ्स, बागथली वारीयर्स, नवलपुर टाइटन्स र थानाभ¥याङ म्याव्रिक्स र हेटौँडा एकेडेमी गरी पाँच वटा क्लबहरूको सहभागीता रहेको छ ।
सहिद स्मारक प्रिमियर लिग हेटौँडा एकेडेमीको खेल मैदानमा गत मंसिर २० गतेबाट सञ्चालन भएको थियो ।