Murchunga TV

हेटौडा जेसीजको नयाँ अध्यक्षमा सन्तोष पराजुली चयन

सन्तोष पराजुली

हेटौडा । मकवानपुर जिल्लाकै पहिलो जेसीज संस्था हेटौडा जेसीजको अध्यक्षमा सन्तोष पराजुली निर्वाचित भएका छन् । सन् २०२६ कार्यकालका लागि शनिबार सम्पन्न निर्वाचनबाट पराजुली ४८औँ अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा कुल २०८ मतदातामध्ये १८७ मत खसेको थियो । तीमध्ये २ मत बदर भई १८५ मत सदर भएको थियो । सदर मतमध्ये सन्तोष पराजुलीले १०७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने उनका प्रतिस्पर्धी जीवन ढकालले ७८ मत प्राप्त गरेका थिए ।

हेटौडा जेसीजको कार्यकारिणी उपाध्यक्षमा विपिन ताम्राकार र सञ्जयकुमार न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा अशोककुमार सिंह, विनोद वाग्ले, विवेक बानिया र श्रृजनराज बज्रचार्य पनि निर्विरोध चयन भएका छन् । निर्वाचन आयुक्त विकेशलाल श्रेष्ठका अनुसार सबै पदमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको हो ।

अध्यक्षमा निर्वाचित सन्तोष पराजुलीले जेसीजको मर्म र उद्देश्यअनुसार युवाहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले जेसीआई हेटौंडालाई थप उचाइमा पुर्‍याउन सबै पक्षलाई समेट्दै सहकार्यका साथ अघि बढ्ने बताएका छन् ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.