Murchunga TV

मयुरधापमा चितुवा देखिएपछि स्थानीयमा त्रास, सजग रहन आग्रह

मयुरधापमा चितुवा

मकवानपुर । मकवानपुरको मयुरधाप क्षेत्रमा चितुवा देखिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ। स्थानीय विशाल अधिकारी आशुतोषका अनुसार शुक्रबार साँझ करिब ६ बजेतिर मयुरधापमा चितुवा छेउबाटै कुद्दै गएको देखिएको हो।

आशुतोषले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारी अनुसार उक्त समयमा उनी आफ्नी आमा, दाइ दीपक न्यौपाने, डम्बरपुरका उनका साथी र माइलो काकासँग घर नजिकै गफ गर्दै बसेका थिए। सोही क्रममा अचानक चितुवा नजिकैबाट कुद्दै गएको उनले प्रत्यक्ष देखेका हुन्।

उनका अनुसार चितुवा १४ नम्बर वडा कार्यालयतर्फ गएको अनुमान गरिएको छ। यसअघि प्रत्यक्ष रूपमा चितुवा नदेखिएको बताउँदै उनले स्थानीयलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।

घटनापछि स्थानीयले बालबालिका तथा ज्येष्ठ नागरिकलाई बाहिर नछोड्न र साँझपख आवतजावत गर्दा सतर्क रहनुपर्ने आवश्यकता औंल्याएका छन्। सम्बन्धित निकायले समेत घटनाबारे जानकारी लिएर आवश्यक सतर्कता र निगरानी बढाउनुपर्ने माग स्थानीयवासीको छ।
(तस्बिर–सांकेतिक (एआई निर्मित)

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.