हेटौंडा / अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) बागमती प्रदेश कार्यालय काठमाडौले हेटौंडामा मानव अधिकार रक्षकहरुका लागि २ दिवशीय मानव अधिकार सम्बन्धि क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।
तालिममा मानव अधिकार , महिला अधिकार , दलित समुदायको मानव अधिकारको अवस्था र जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन , मानव अधिकार रक्षकको अवस्था र चुनौती , बाल अधिकार लगायत बिषयहरु समाबेश गरिएको थियो ।
तालिममा इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेल , राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख चन्द्रकान्त चापागाईं , गैसस महासङ्घ बागमती प्रदेश अध्यक्ष कमलकुमार बिष्वकर्मा , अधिवक्ता मनप्रसाद भट्टराई , अधिवक्ता अप्सरा बस्नेत , सिविन बालहेल्पलाइनका झबिन्द्र ज्ञवाली , बालअधिकार सम्बन्धि संस्था प्रमुख प्रकाश खतिवडा लगायतले सहजीकरण गरेका थिए ।
हेटौंडाको होटल एभोकाडोमा मङ्सिर २० देखि २१ गतेसम्म तालीम भएको थियो । तालीममा बागमती प्रदेश मातहतका जिल्लाहरुबाट अधिकार कर्मीहरुको सहभागीता रहेको थियोे ।