हेटौँडा उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना’ घोषित
हेटौँडा । हेटौँडा उपमहानगरपालिकालाई एक विशेष समारोहका बीच ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना’ उपमहानगरका रूपमा औपचारिक घोषणा गरिएको छ। स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायको अथक प्रयास तथा सहकार्यले हेटौँडाले स्वास्थ्य क्षेत्रमा यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो। नगरभित्रका १५ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकाहरूले सरकारले तोकेका सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित भएसँगै अबका दिनमा पनि यसलाई पूर्ण रूपमा निरन्तरता दिने प्रतिबद्धतासहित यो घोषणा गरिएको हो। घोषणा समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान तथा उपस्थित जनप्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रमा हेटौँडाले ऐतिहासिक फड्को मारेको बताउनुभयो। बालबालिकाको स्वास्थ्य नै नगरको भविष्य भएको उल्लेख गर्दै उहाँहरूले यो…