हेटौँडा — मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतमले फराकिलो अग्रता कायम गरेका छन्।
हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार गौतमले २८ हजार २७७ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामेश्वर राना मगरले ६ हजार ४२० मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार **महालक्ष्मी उपाध्याय ‘डिना’ले ६ हजार ३०३ मत प्राप्त गरेकी छन्। उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले ५ हजार ७४१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले ३ हजार १२६ मत, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतमले २ हजार ३५५ मत प्राप्त गरेका छन्।
यसैगरी श्रम संस्कृति पार्टीकी उम्मेदवार **विद्या श्रेष्ठ (महर्जन)ले ६९२ मत प्राप्त गरेकी छन्। हालसम्मको मतपरिणामले भने मकवानपुर–१ मा रास्वपाका उम्मेदवार गौतमले फराकिलो अग्रता बनाउँदै चुनावी प्रतिस्पर्धामा स्पष्ट पकड बनाएको संकेत देखिएको छ।