Murchunga TV

गायक विशाल सुनारको ‘नक्कली कान्छी’ सार्वजनिक

विशाल सुनार

हेटौँडा । गायक विशाल सुनारको नयाँ गीत ‘नक्कली कान्छी’ सार्वजनिक भएको छ । विशालकै शब्द, संगीत र आवाज रहेको गीत उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

गीतलाई अञ्जन श्रेष्ठले एरेन्ज गरेका हुन् । निशान्त परियार र अर्चुको अभिनय रहेको म्युजिक भिडियोमा एक विवाहित दम्पत्तिको विवाहअघिको प्रेम र विवाहपछिको अवस्था चित्रण गरिएको छ । रोमान्टिक जनराको यो भिडियोलाई आकाश श्रेष्ठले छायाँकन, सम्पादन र कलरिङ गरको हुन् ।

विशालले द भोईस अफ नेपाल सिजन ७ बाट ख्याति कमाएका थिए ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.