हेटौँडा । गायिका अस्मिक खवासको ‘बुझ्नै गाह्रो’ बोलको गीत सार्वजनिक भएको छ । उनी द भोईस किड्स सिजन २ की सेमिफाईनालिष्ट हुन् । शोमा रहँदा चर्चित बनेकी अस्मिकको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
अस्मिकले उनको आफ्नै युट्युब च्यानलबाट गीत गाएकी हुन् । गीतका रचनाकार दावा तामाङ हुन् । गीतमा नावाङ लामाको संगीत रहेको छ। दार्जीलिङको सुन्दर नगर मिरिकमा छायांकन गरिएको यस म्यूजिक भिडियोले दर्शक श्रोताको मन जित्न सफल हुनेमा विश्वस्त रहेको गीतकार तामाङ बताउनुहुन्छ।
फ्यूचर आइ प्रडक्शनको सहकार्यमा मीनसाङ तामाङ र आशिष खवासद्वारा निर्माण गरिएको यस भिडियोलाई आदर्श प्रधानले निर्देशन गरेका छन्। भिडियो संपादन प्रयाग प्रधानले गरेका छन् भने अडियो रेकर्डिंङ अभिषेक रामुदामुले सुघोषा स्टुडियोमा गरेका छन्।
म्युजिक भिडियोमा गायिका अस्मिक खवास र प्रसन्न राईको अभिनय रहेको छ । म्युजिक भिडियोमा प्रतिति राई, रिंसल लामा, असित राई, ईशान्त विश्व र रोहन सिरलको लगायतको अभिनय रहेको छ ।